बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

एलपि ग्यासमा कालोबजारी

एलपि ग्यासमा कालोबजारी


  • ढोरपाटन संवाददाता
  • साउन २० २०८३, बुधबार

बागलुङ/उपभोक्तामा अभाव चुलिएको बेला खाना पकाउने एलपि ग्यासमा कालोबजारी गर्ने एक व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोमबार साँझ बागलुङ नगरपालिका वडा नं. १ रामरेखामा तोकिएको मुल्यभन्दा बढी पैसा लिई ग्यास बिक्री गरिरहेको अवस्थामा बागलुङ नगरपालिका वडा नं. १३ पैयुँपाटाका ४३ वर्षिय भुपति जैसीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जैसीले ग्यास बिक्री गर्दै गरेको अवस्थामा ४१ थान गृहलक्ष्मी र १९ थान बेचबिखन भइसकेको खाली गृहलक्ष्मी र एउटा भ्यान नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक रामेश्वर त्वातीले जानकारी दिए ।

जैसीलाई जिल्ला प्रशासन कार्यालयबाट कालोबजारी सम्बन्धी कसुरमा ७ दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेका त्वातीले बताए । आपुर्ति घटेपछि बागलुङ बजारमा ग्यासको अभाव हुँदा व्यवसायी र सर्वसाधारणको दैनिकी प्रभावित बनेको छ ।

यता ग्यासको अभाव भएपछि जिल्ला प्रशासनको नेतृत्वमा बागलुङ बजारका नौ वटा ग्यास डिलरमा अनुगमन गरिएको छ । अनुगमनका क्रममा सचिना किराना पसल, पञ्चकोट किराना पसल र सर्वसिद्धि फिड सर्भिसले अनुमतीबिनै ग्यास बिक्री गरेको पाइएको छ ।

ग्यासको कृत्रिम अभाव र कालोबजारी रोक्न जिल्ला प्रशासन कार्यालय बागलुङले अनुगमन गर्दा ग्यास डिलरले आपूर्ती भएको ग्यास उपभोक्तामा वितरण गरेको तर अनुमतीबिनै किराना पसलले कारोबार गरेको पाइएको जिल्ला प्रशासनका प्रशासकीय अधिकृत खिम बहादुर बिकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->