पोखरा/ जिल्ला समन्वय समिति कास्कीले आफ्नो नवौं स्थापना दिवसका अबशरमा निबन्ध प्रतियोगिता सम्पन्न गरेको छ। कास्की जिल्लाको सन्तुलित बिकासमा जिल्ला समन्वय समितिको भुमिका शिर्षकमा आयोजित निबन्ध प्रतियोगितामा कास्कीका विभिन्न बिद्यालयका कक्षा सातमा अध्ययनरत १२ विद्यार्थीले सहभागीता जनाएका थिए।
प्रतियोगितामा मर्निङ स्टार बोर्डिङ स्कुलका सक्षम अधिकारीले प्रथम स्थान हासिल गरे। त्यसै गरि सृजना मा बि का आयुष पौडेल द्वितीय, रेन्बो एकेडेमी होम्सका एन्जि भुजेल तृतीय र बिन्देश्वरी मावि पोखरा १९ का एलिया अधिकारीले सान्त्वना स्थान प्राप्त गरे।
उनीहरुले क्रमश नगद १० हजार, ७ हजार, ५ हजार र २ हजार पाँच सय पुरस्कार र प्रमाणपत्र प्राप्त गरे।
प्रतियोगितामा प्राध्यापक डा. बोधराज ढकाल, प्रदिप पौडेल र लक्षु शर्मा निर्णायक रहेको जिसस कास्कीले जनाएको छ। प्रतियोगितामा बिजयी बिद्यार्थीहरूलाइ जिसस कास्कीका प्रमुख लिलाधर पौडेल, उप प्रमुख सरिता माल, जिसस सदस्यहरू र जिल्ला समन्वय अधिकारी नवराज बराल सहितले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
सो अबसरमा प्रमुख पौडेलले जिल्ला समन्वय समितिको काम कर्तब्यका सन्दर्भमा नेपाल सरकारले सामाजिक अध्ययन बिषयको कक्षा सातमा सो बिषय पाठ्यक्रममा समाबेश भएको प्रसङ्ग उल्लेख गरे । जिससको स्थापना दिवसमा निबन्ध प्रतियोगिता आयोजना गरिएको उल्लेख गर्दै यस्ता प्रतियोगिता बिद्यार्थीको अन्तर्निहित क्षमताको प्रष्फुटनमा सहायक हुने उनले बताए ।

स्थापना दिवस कार्यक्रममा जिसस कास्कीका पूर्ब प्रमुख बैनबहादुर अधिकारी क्षेत्री, गाउँपालिका महासंघ गण्डकीका अध्यक्ष नवराज ओझा, रेडक्रस कास्कीका सभापति उर्मिला खड्का ,नागरिक समाजका संयोजक रामबहादुर पौडेल, साबिक जिबिस कास्कीका सभापति पुण्यप्रसाद पौडेल, उपसभापति श्रीनाथ बराल, लेखनाथ उद्द्योग बाणिज्य संघका अध्यक्ष जानुका अधिकारी, जिसस कास्कीका पूर्ब उपप्रमुख सावित्री तिमिल्सिना, नेपाली कम्युनिस्ट पार्टी कास्कीका संयोजक खड्ग हमाल, राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीका उपाध्यक्ष चिनबहादुर गुरुङले शुभकामना दिएका थिए । यसैगरी शिक्षा बिकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्य, सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल, पोखरा महानगर पालिकाका प्रमुख कार्यकारी अधिकृत मुक्तिराम अर्याल सहितले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
जिसस कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न स्थापना दिवस समारोहमा स्वागत उपप्रमुख सरिता माल र संचालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गरेका थिए ।





