बिहिबार, साउन २८ २०८३

बिहिबार, साउन २८ २०८३
  • २८ साउन २०८३ , बिहिबार
  • August 13 2026

मर्दी हिमाल पदयात्रामा गएका ३ पोखरेली युवक अलपत्र, उद्धारको प्रयास

मर्दी हिमाल पदयात्रामा गएका ३ पोखरेली युवक अलपत्र, उद्धारको प्रयास


  • ढाेरपाटन संवाददाता
  • साउन २० २०८३, बुधबार

पोखरा / कास्कीको प्रसिद्ध मर्दी हिमाल पदयात्रामा निस्किएका पोखराका ३ युवक जंगलमा अलपत्र परेका छन् । माछापुच्छ्रे गाउँपालिका– ९ स्थित बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन भएका उनीहरु छुमरुङको फेदी मोदी खोलाको पारी पट्टीको एरियामा रहेको भन्ने सुचना प्राप्त भएको प्रहरीले जनाएको छ ।

पोखरा महानगरपालिका १४ खसिबजार बस्ने २४ वर्षका अजित जिसी, २३ वर्षका युकेश गुरुङ र २३ वर्षका दिपेश गुरुङ अलपत्र परेका हुन् । उनीहरु आज बिहान ८ बजेसम्म सम्पर्कमा थिए । त्यसपछि मोबाइल अफ भएको थियो । युवकहरु हराएको सूचना बिहान ११ बजे प्राप्त भएपछि खोजी कार्य तीव्र पारिएको छ । सुरुमा बादलडाँडाका होटल व्यवसायी प्रेम अधिकारीसहित ४ जनाको टोली खोजीमा खटिएको थियो ।

घटनाको थप जानकारी लिन र खोजी गर्न भेँडावारी प्रहरी पोस्टबाट प्रहरी हवल्दार जीवन बरालको नेतृत्वमा २ जनाको टोली परिचालन गरिएको थियो । टोलीले स्थानीय बासिन्दा र बेपत्ताका आफन्तसँग समन्वय गरिरहेको बेला आजै दिउँसो २ बजे युवकहरु अन्नपूर्ण गाउँपालिका ११ छुमरुङको फेदीस्थित मोदी खोलापारि रहेको सूचना प्राप्त भएको थियो । त्यसपछि प्रहरी चौकी घान्द्रुकबाट प्रहरी नायब निरीक्षक राजेन्द्र पौडेलको नेतृत्वमा २ जनाको टोली खटिएको छ ।

प्रनानि पौडेलका अनुसार युवाहरुको उद्धार प्रयास सुरु भएको छ । युवकहरु अलपत्र परेको स्थानमा सशस्त्र प्रहरीको टोली पनि उद्धारमा खटिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->