शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पहिरो प्रभावित परिवारलाई स्थानान्तरण

पहिरो प्रभावित परिवारलाई स्थानान्तरण

नेपाल प्रहरी, नगर प्रहरी र स्थानीयबासीको सक्रियतामा छिमेकीको घरमा स्थानान्तरण गरिएको हो ।


  • ढाेरपाटन संवाददाता
  • साउन २० २०८३, बुधबार

बागलुङ/घर माथिबाट निरन्तर पहिरो खस्ने क्रम नरोकिएपछि बागलुङ नगरपालिका–६ उपल्लाथरको परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

भान्सा गाउँको शिर धुलेओडारबाट खसेको पहिरोले उपल्लाथर गाउँका मणिशंकर सापकोटा र विद्यापति सापकोटाको घर जोखिममा परेपछि नेपाल प्रहरी, नगर प्रहरी र स्थानीयबासीको सक्रियतामा छिमेकी दशरथ सापकोटाको घरमा स्थानान्तरण गरिएको हो ।

निरन्तरको वर्षाले पहिरो खस्ने जोखिम बढेपछि मणिशंकरको परिवारलाई छिमेकीको घरमा स्थानान्तरण गरिएको बागलुङ नगरपालिका वडा नं. ६ का वडाध्यक्ष रुद्र केसीले जानकारी दिए । विद्यापतिको घरमा बसोबास नरहेपनि जोखिममा परेको केसीको भनाई छ ।

करिब १ सय २० मिटर माथिबाट खसेको पहिरो नियन्त्रण गर्न तत्काल केही गर्न नसक्ने अवस्था रहेको केसीले बताए । वर्षा रोकिने क्रम शुरु भएपछि मात्र पहिरो नियन्त्रणको लागि योजना बनाउन सकिने केसीको भनाई छ ।

पहिरोले घर जोखिममा परेपछि एक परिवारलाई छिमेकीको घरमा सारिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक रामेश्वर त्वातीले जानकारी दिए । ‘‘प्रहरी र स्थानीयबासीको सहकार्यमा जोखिममा परेको घरबाट खाद्यान्न, लत्ताकपडा, भाडाकुँडा र महत्वपूर्ण सामान सार्ने भएको छ’’ त्वातीले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->