बागलुङ /बागलुङ नगरपालिका वडा नं. ५ मालिकाका वडा अध्यक्ष हरि प्रसाद शर्मालाई बागलुङ समाज बेल्जियमले स्वागत गरेको छ । बैदेशिक भ्रमणमा रहेका शर्मालाई समाजले बुधवार बेल्जियमा स्वागत गरेको हो ।
वडा अध्यक्ष हरि शर्मा र उनकी धर्मपत्नी राधा शर्मालाई एक कार्यक्रमको आयोजना गरी स्वागत तथा सम्मान गरेको शर्माले बताए । सो अवसरमा बागलुङ समाज बेल्जियमका उपाध्यक्ष जमुना गौतमको अध्यक्षतामा भएको कार्यक्रममा विशेष अतिथि अन्तर्राष्ट्रिय बागलुङ समाजका अध्यक्ष गंगा शर्माले वडाध्यक्षलाई स्वागत गर्दै सहयोग र सदभाव आदानप्रदान गर्नुपर्ने बताए ।
सो कार्यक्रममा एनआरएनएका निवर्तमान अध्यक्ष सीता सापकोटा, अभिभावक टीकाराम सापकोटा, सल्लाहकार सूर्य सापकोटा लगायतले समाजको वारेमा जानकारी गराएका थिए । सो अवसरमा वडा अध्यक्ष शर्माले कार्यक्रमको आयोजना गरी स्वागत सम्मान गरेकोमा खुशी ब्यक्त गर्दै समाजका पदाधिकारी, सदस्य, स्वयंसेवक तथा उपस्थित सम्पूर्ण बागलुङवासी दाजुभाइ–दिदीबहिनीहरूमा विशेष आभार गरेका थिए ।
उनले यहाँ पाएको माया, सद्भाव, एकता र साथले आगामी दिनमा पनि समाज तथा मातृभूमिको हितमा अझ एकजुट भएर निरन्तर काम गर्ने प्रेरणा र हौसला मिलेको बताए।समाजका पदाधिकारीहरुले वडा अध्यक्ष हरि शर्मा र उनको परिवारको युरोप भ्रमण सुखद, सफल एवं स्मरणीय रहोस भनी शुभकामना व्यक्त गरेका थिए ।





