बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

घाट डुबे, इलेक्ट्रिक शवदाह गृह चलेन

घाट डुबे, इलेक्ट्रिक शवदाह गृह चलेन

सेती उर्लिदा घाटहरू छोपिएका छन्; १४ करोडमा बनेको विद्युतीय शवदाह गृह बनेको ३ वर्षसम्म सञ्चालनमा आउन सकेको छैन


  • विजय नेपाली
  • साउन २२ २०८३, शुक्रबार

पोखरा/नामै रामघाट: यसको चारैतिर शव जलाउने घाटहरू छन् । बौद्ध अर्घाै सदनको छेउमा ३ वर्षअघि अत्याधुनिक विद्युतीय शवदाह गृह बनेको छ । हिन्दू हुन् कि बौद्ध, पोखराका धेरैजसोको अन्तिम दाहसंस्कार स्थल यही हो । अहिले सेती उर्लिदा घाटहरु पानीमा डुबेका छन्, नयाँ ताल बनेको छ । विद्युतीय शवदाह गृहसमेत सञ्चालनमा नआउँदा कसैको मृत्यु भए शव जलाउनै नपाइने अवस्था आएको छ ।

सेतीमा रामघाटका अतिरिक्त मदौरेघाट, सीतापाइला घाट जस्ता सेती किनारका घाटमा पनि शव दहन गर्ने गरिएको छ । शान्तिघाटमा बिजुली र दाउरा दुवै प्रयोग हुने शवदाह गृह पोखरा महानगरपालिकाले बनाएको थियो । अहिले त्यो शवदाह गृहसमेत बन्द छ । परम्परागत शैलीबाट दाउराले शव जलाउने अरु घाट पनि व्यवस्थित छैनन् । परम्परागत रुपमा एक जनाको दाहसंस्कार गर्दा तीन सय केजीभन्दा बढी दाउरा लाग्छ ।

रामघाटमा सहरी विकास मन्त्रालयले बनाएको विद्युतीय शवदाह गृहसफल परीक्षण भए पनि पोखरा महानगरले सञ्चालन गरेको छैन । महानगरको १० रोपनी जग्गामा शव दाहनलाई व्यवस्थित गर्ने उद्देश्यले १४ करोड १३ लाख ५० हजार ३ सय ६७ रुपैयाँ लागतमा आधुनिक शवदाह गृह निर्माण भएको थियो ।

यसभित्र शव दहन गर्ने ३ मेसिन राख्ने स्थान ठाउँ भए पनि अहिले २ मेसिन राखिएका छन् । महानगरकामेयर धनराज आचार्ययुगको आवश्यकता अनुरुप विद्युतीय शवदाह गृह बनेको बताउँछन् । महानगरले जनशक्ति व्यवस्थापनसहित चाँडै उचित तवरले यसको सञ्चालन गर्ने उनको भनाइ छ ।

यसको सञ्चालनका लागि एक सिफ्टमा चार जना आवश्यक पर्छ । मेयर धनराज आचार्यले भने, ‘छिट्टै सञ्चालनमा आउँछ । केही प्राविधिक कारणले पूर्ण हस्तान्तरण भएको छैन । सम्भवतः भदौको पहिलो साताबाट सञ्चालन हुन्छ ।’

शवदाह गृहभित्र अन्तिम श्रद्धाञ्जली दिने स्थानसमेत छ । फराकिलो भवनको परिसरभित्रै हिन्दू धर्मावलम्बीका लागि मन्दिर र बौद्ध धर्मावलम्बीहरुका लागि गुम्बासमेत निर्माण गरिएको छ । कम्तीमा ४५ मिनेटदेखि बढीमा एक घन्टाभित्र मेसिनले एउटा शव दहन गर्ने बताइन्छ । शव दहनबाट उत्पादन हुने ताप र धूँवा भवनपछि प्रशोधन गरी ३० मिटर अग्लो चिम्नीमार्फत् बाहिर पठाउने व्यवस्था यसमा छ ।

०७३ मा शवदाह गृह निर्माणका लागि ठेक्का सम्झौता भए पनि स्थानीयको विरोध, कोभिड महामारीका कारण कामअघि बढ्न सकेको थिएन । सर्वाेच्चले निर्माण नरोक्न आदेश दिएपछि ०७८ असोजबाट काम सुरु भएको थियो । २ वर्षमा काम सक्नुपर्ने सम्झौता भए पनि कानुनी झमेला र स्थानीयको अवरोधले ७ वर्षमा निर्माण सकिएको थियो ।

२०८१ साल वैशाख २० गते पोखरा महानगरपालिकालाई संघीय सहरी विकास मन्त्रालयले शवदाह गृह हस्तान्तरण गरेको थियो । हस्तान्तरण भएको२ वर्ष बितिसक्दा समेत यो सञ्चालनमा आउन सकेको छैन। स्थानीय शिव गौतममहानगरपालिकाकै कमजोरीले यो सञ्चालनमा नआएको दाबी गर्छन् ।

‘शवदाहगृह बत्यो तरचल्न सकेन, यो देख्दा हामीलाई त दुःख लाग्छ,’ उनले भने, ‘यो गलत भइरहेको छ । यहाँ राज्यको लगानी बालुवामा पानी भएको छ ।’नागरिक समाज कास्कीका संस्थापक रामबहादुर पौडेलवातावरणमैत्री शवदाह गृह सञ्चालनका लागि महानगरपालिकाले मुख्य भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिन्छन् ।

‘यसलाई सञ्चालनमा ल्याउन स्थानीय सरकारले विशेष चासो दिनुपर्छ । सञ्चालन प्रक्रियाकहाँ अड्किएको छ, कसले अड्काएको छ ? नगरप्रमुखले चिन्ता र चासो लिएर पहल गर्नुपर्छ’, उनले भने, ‘राज्यको करोडौं लगानी त्यसै गुम्न दिनुहुँदैन ।’

महानगरले यसको सञ्चालनका लागि कार्यविधि बनाइसकेको छ । महानगरपालिकाका सूचना अधिकारी कृष्णप्रसाद तिवारीविद्युतीय शवदाह गृह महानगर आफैंले कर्मचारी खटाएर सञ्चालन गर्ने कि टेन्डरमा गैरनाफामुखी संस्थालाई दिने भन्ने विषयमा छलफल भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->