बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

जिसस कास्कीद्वारा उपलब्धि र वार्षिक कार्ययोजना सार्बजनिक

जिसस कास्कीद्वारा उपलब्धि र वार्षिक कार्ययोजना सार्बजनिक


  • ढाेरपाटन संवाददाता
  • साउन २२ २०८३, शुक्रबार

पोखरा/  जिल्ला समन्वय समिति कास्कीले आर्थिक बर्ष २०८३/८४ को वार्षिक कार्ययोजना सार्बजनिक गरेको छ। समितिले शुक्रबार संचारकर्मी भेटघाट कार्यक्रम आयोजना गरेर आफ्नो उपलब्धी र कार्ययोजना सार्बजनिक गरेको हो।

उक्त अवसरमा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले नेपालको संविधानको धारा २२० अनुसार जिससका काम कर्तव्य र अधिकार, जिल्लाभित्रका गाउँपालिका र नगरपालिका बीच समन्वय गर्ने, विकास तथा निर्माण सम्बन्धी कार्यमा सन्तुलन कायम गर्न सो को अनुगमन गर्ने,जिल्लामा रहने संघीय र प्रदेश सरकारी कार्यालय र गाउँपालिका र नगरपालिका बीच समन्वय गर्ने, प्रदेश कानून बमोजिमका अन्य कार्यहरू गर्ने भन्ने उल्लेख भए मुताबिकका बिषयबस्तुलाइ प्राथमिकतामा राखिएको जनाए ।

पौडेलले बर्तमान संबैधानिक ब्यबस्थामा नै आफूहरूलाई काम गर्न भ्याईनभ्याई भएको र थप प्रभाबकारी कार्यसम्पादनका लागि केही कानुन र स्रोत साधन आबश्यक भएको उल्लेख गर्दै सो बिषयमा पटक पटक प्रदेश सरकारलाइ आग्रह गरिएको भए पनि यथोचित ब्यबस्थापनका लागि प्रदेश सरकार गम्भीर नदेखिदा काम गर्न कठिनाइ भएको उल्लेख गरे ।

उनले नेपालको संबिधानमा प्रदेश कानून बमोजिमका अन्य कार्यहरू गर्ने भन्ने उल्लेख भएको र प्रदेश सरकार जिससहरूका लागि सो को ब्यबस्था गर्न उदासिन भएको बताए । पौडेलका अनुसार स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ९२, संघ प्रदेश र स्थानीय तह समन्वय तथा अन्तर सम्वन्ध ऐन २०७७ को दफा २६, गण्डकी प्रदेश स्थानीय तह सभा संचालन सम्बन्धि कार्यबिधी ऐन २०७५ को परिच्छेद ४ लगायत संघीय तथा प्रादेशिक कानून, कार्यविधि मापदण्ड, निर्देशिका तथा विभिन्न मन्त्रालयहरुवाट प्राप्त परिपत्रहरुले जिससको काम कर्तव्य र अधिकार तोकेको अवस्था छ । त्यसैमा रहेर आफूहरूले कार्यतालिका तिथि र मिति नै तोकेर निर्माण गरिएको भन्दै यसको पूर्ण कार्यान्वयनमा प्रतिबद्द रहेको उनले सुनाए ।

सर्बजनिक तालिका अनुसार जिससको नवौ स्थापना दिवसको अबसरमा कक्षा सात स्तरीय निबन्ध प्रतियोगिता र स्थानीय तह सिमा पुनरावलोकन सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भैसकेको जानकारी दिइयो। त्यसै गरेर स्थानीय तहको असल अभ्यास अनुभव आदानप्रदान र वार्षिक समिक्षा कार्यक्रम,स्थानीय तह साझेदारी कार्यक्रमवारे छलफल तथा संझौता, विषयगत कार्यालयहरुको वार्षिक समिक्षा गरिने जनाइयो ।

आन्तरिक नियन्त्रण प्रणाली अनुगमन समिति वैठक, गैरसरकारी संस्थाहरुको वार्षिक समिक्षा, जिल्लामा जलविधुत उत्पादन कम्पनी तथा संस्थाहरु वीच अन्तरक्रिया कार्यक्रम, स्थानीय तहका वडा सदस्यहरुवीच सेवा प्रवाह असल अभ्यास र समस्या वारे अनुभव आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम,न्यूनतम पारिश्रमिक तथा श्रम ऐन कार्यान्वयन सम्वन्धमा सरोकारवालाहरुसंग अन्तरकृया कार्यक्रम,पालिकासंग जिल्ला समन्वय समिति कार्यक्रम,यातयात व्यवसायी ट्राफिक कार्यालय यातायात कार्यालय संग अन्तरकृया,जिल्ला समन्वय समितिका पदाधिकारी तथा कर्मचारी क्षमता विकास कार्यक्रम समेटिएका छन्।

त्यस्तै सार्वजनिक तथा नीजि विधालयको शिक्षाको गुणस्तर मापदण्ड, वालविकास केन्द्र र सिकाइ केन्द्रसंग छलफल तथा अन्तरक्रिया, स्थानीय शासन कार्यसम्पादन मुल्यांकनको कार्यान्वयन सम्वन्धि स्थानीय तहहरुसंग छलफल, अपांगता भएका व्यक्ति तथा संघसंस्था, वालगृह सञ्चालकसंग पनि छलफल र अन्तरक्रिया गरिने भएको छ । आन्तरिक नियन्त्रण प्रणाली अनुगमन समिति वैठक, उपभोक्ता समूहका पदाधिकारीहरुलाइ प्रशिक्षण, जिल्ला समन्वय समितिहरुवीच अन्तरजिल्ला अनुभव आदानप्रदान कार्यक्रम, जेष्ठ नागरिक सेवा केन्द्र तथा वृद्धा आश्रमहरु संचालकसंग अन्तरक्रिया तथा छलफल, अन्नपूर्ण संरक्षण क्षेत्र र प्रभावित स्थानीय तहवीच अन्तरक्रिया कार्यक्रम, वडाध्यक्ष वडा सचिवहरुवीच सेवा प्रवाह असल अभ्यास र समस्यावारे अनुभव आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम, पालिकासंग जिल्ला समन्वय समिति कार्यक्रम तालिकामा उल्लेख छन् ।

१० औ जिल्ला सभा, अर्धवार्षिक समिक्षा,स्थानीय तह स्वमूल्यांकन कार्यान्वय अनुगमन तथा छलफल,आन्तरिक नियन्त्रण प्रणाली अनुगमन समिति वैठक,प्रदेश तथा स्थानीय तहसंगको समन्वयमा संयूक्त अनुगमन, गरिने योजनामा छ । नदिजन्य तथा खानिजन्य पदार्थ डुगां गिटी वालुवा सम्वन्धि उधोगी व्यवसायी तथा सरोकार वाला निकाय विच अन्तरक्रिया, विकास निर्माण सम्वन्धि कार्यक्रमको विवरण तयार गरी विभिन्न चरणमा अनुगमन, आवस्यक सहजिकरण, सुझाव प्रदानर मार्गदर्शन दिने र दिइएका सुझावहरुको विभिन्न माध्यमवाट सार्वजनिकरण गर्ने जिससले आफ्नो कार्य योजनामा उल्लेख गरिएको जिल्ला समन्वय अधिकारी नवराज बरालले जानकारी दिए ।

सो अबसरमा गत आर्थिक वर्ष २०८२/८३ का मुख्य कार्य उपलब्धि समेत सार्बजनिक गरिएको थियो। प्रत्येक आर्थिक वर्षमा भएका गतिविधिका वारेमा नेपाल सरकार र गण्डकी प्रदेश सरकारलाई वार्षिक प्रतिवेदन पठाउने, स्थानीय तहका प्रमुख र उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागितामा असल अभ्यास अनुभव प्रस्तुती, गण्डकी आन्तरिक नियन्त्रण प्रणाली र आन्तरिक आय खर्च व्यवस्थापन कार्यविधि निर्माण गरिएको सुचना अधिकारी लक्शु शर्माले जानकारी दिए । स्थानीय तहहरुसंग विभिन्न विषयमा छलफल र मूल्यांकन, समस्या र सरोकारका विषयमा अन्तरक्रिया, विकास निर्माण तथा सेवा प्रवाहका सम्वन्धमा भए गरेका कार्य वारे प्रगति समिक्षा जिसस कास्कीले सम्पन्न गरेको जनाएको छ ।

जिसस कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न पत्रकार भेटघाट कार्यक्रममा उप प्रमुख सरिता माल, जिल्ला समन्वय अधिकारी नवराज बराल, शाखा अधिकृत लक्षु शर्माले जिससले सम्पादन गरेका काम र भावी योजनाका सन्दर्भमा प्रकाश पारेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->