बागलुङ/जिल्लामा एक वृद्ध महिलालाई डरधम्की देखाएर कानमा लगाएको सुनको रिङ लुटपाट गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागलुङ जिल्लाको बरेङ गाउँपालिका वडा नं. ३ बस्ने १९ वर्षीय सन्दीप रुचाल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बिहिबार बिहान बरेङ गाउँपालिका–३ बाटाकाचौर मजुवास्थित घरको आँगनमा बसिरहेकी ८९ वर्षीया मैसरी काउछालाई डरधम्की दिई उनको बायाँ कानमा रहेको ४.३८ ग्रामको सुनको रिङ लुटेर भागेका रुचाललाई बरेङबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका रुचालमाथि थप अनुसन्धान गर्नका लागि बागलुङ जिल्ला अदालतबाट शुक्रबार ५ दिनको म्याद थप गरि आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए ।





