आइतबार, साउन २४ २०८३

आइतबार, साउन २४ २०८३
  • २४ साउन २०८३ , आइतबार
  • August 9 2026

बागलुङको बरेङ बजारमा हाटबजारको तयारी

बागलुङको बरेङ बजारमा हाटबजारको तयारी

हाटबजार सञ्चालन गर्ने गरी गाउँपालिकाले ३९ लाख ५० हजार लागतमा पूर्वाधार निर्माण गरेको छ ।


  • ढोरपाटन संवाददाता
  • साउन २३ २०८३, शनिबार

बागलुङ/दक्षिण बागलुङको व्यापारिक केन्द्र बरेङमा बजार कृषि हाट बजार सञ्चालनमा आउने भएको छ । हाटबजार सञ्चालन गर्ने गरी गाउँपालिकाले ३९ लाख ५० हजार लागतमा पूर्वाधार निर्माण गरेको छ ।

किसानका उत्पादनले मूल्य पाउने र उपभोक्ताले ताजा फलफूल, तरकारी पाउने वातावरण बनाउनका लागि हाटबजार सञ्चालन ल्याउन लागिएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिए । ‘हाट बजारले कृषकलाई सिंधै उपभोक्तासँग जोड्ने छ भने बिचौलियाको अन्त्य गर्दै कृषक उपभोक्ता दुवैलाई फाइदा हुनेछ’, शर्माले भने ।

भौतिक संरचना बनिसकेकाले हात बजार छिट्टै सञ्चालन ल्याउने पालिकाको तयारी छ । हाट बजार व्यवस्थापनका लागि चालु वर्षका लागि २५ लाख बजेट छुट्टको छ । हाट बजार अगुवा कृषकको समितिमार्फत सञ्चालन गर्ने तयारी गरेको गाउँपालिकाले त्यो संभव नभए सहकारी वा समूह जिम्मा दिईने अध्यक्ष शर्माले बताए ।

यसअघि गाउँपालिकाले बरेङ–४ सल्यानको थप्लुङ र वडा नं. ३ बाटाचौर नयाँबजारमा कृषि उपज संकलन केन्द्र निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ । बरेङका किसानले उत्पादन गरेका बेमौसमी तथा बेमौसमी तरकारी, भाँगो र आलु स्थानीयदेखि गुल्मीको शान्तिपुर, बागलुङ बजार, पाल्पा र बुटवल बजारमा निर्यात हुँदै आएको छ ।

‘संकलन केन्द्रले किसानले उत्पादन गरेका कृषिजन्य वस्तु संकलन गरेर गाडीमार्फत बजारमा पठाउन निकै सहज भएको थियो’, अगुवा कृषक सन्तोषबहादुर श्रीसले भने । श्रीसले टनेलमा बेमौसमी तरकारी खेती गरेर मनग्य आम्दानी गर्दै आएका छन् ।

गाउँपालिकाले स्थानीय डल्ले खुर्सानी (अकबरे) संरक्षण, प्रवद्र्वन र व्यवसायीकरण गर्ने नीतिसमेत लिएको छ । लिउवा गाउँलाई अकबरे खुर्सानीको पकेट क्षेत्रको रुपमा विकास गर्न गाउँपालिकाले व्यवसायिक खेतीका लागि किसानलाई प्रोत्साहन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->