आइतबार, साउन २४ २०८३

आइतबार, साउन २४ २०८३
  • २४ साउन २०८३ , आइतबार
  • August 9 2026

पहिरोले बालविकास केन्द्रको भवन जोखिममा

पहिरोले बालविकास केन्द्रको भवन जोखिममा


  • ढाेरपाटन संवाददाता
  • साउन २३ २०८३, शनिबार

बागलुङ/पहिरोले बागलुङ नगरपालिका वडा नं. ४ कुँडुलेस्थित बालविकास केन्द्र केन्द्रको भवन जोखिममा परेको छ । पहिरोले सेतो गुराँस बाल वाटिकाको भवन चर्किएको छ । बालबालिकाले खेल्दै पढ्ने आँगन समेत पहिरोले चर्किएको हो ।

कुँडुलेको द्वारेगौडादेखि छाप गाउँ जोड्ने सडक माथिबाट पहिरो खसेपछि बाल वाटिका जोखिममा परेको बाल शिक्षक गोमा सापकोटाले जानकारी दिइन । पहिरोले भवन नै जोखिममा परेपछि बालबालिकाको पठनपाठन ठप्प भएको सापकोटाले बताइन् ।

२०५७ सालमा दातृ निकाय सेभ द चिल्ड्रेन, सेतो गुराँस बालविकास केन्द्र र समुदायको लगानीमा बाल वाटिकाको भवन निर्माण गरिएको थियो । पहिरोले बाल वाटिका जोखिममा परेपछि १३ जना बालबालिकाको पढाई प्रभावित बनेको सापकोटाले बताइन् ।

‘‘देशकै पहिचान बोकेको बाल वाटिका पहिरोले जोखिमपूर्ण बनेपछि सुरक्षित वातावरणमा पढ्न पाउने बालबालिकाको अधिकार सुनिश्चित गर्न सरोकारवाला निकायले ध्यान दिनुपर्छ’’ स्थानीयबासीले भने । न्यु आय भएका परिवारका बालबालिकाले पढ्दै आएको केन्द्रलाई संरक्षण गर्नुपर्ने सबैको दायित्व भएको स्थानीयको भनाई छ ।

पहिरोले बाल वाटिका जोखिममा परेपछि बागलुङ नगरपालिकाका उप–प्रमुख राजु खड्का, प्रमुख प्रशासकिय अधिकृत इश्वरी प्रसाद शर्मा, इन्जिनियर दिपेन्द्र भण्डारी, वडा अध्यक्ष कुमार विक्रम क्षत्री लगायतको टोलीले निरीक्षण गरेका छन् ।

पहिरोले भवनमा पठनपाठन गर्नै नसक्ने अवस्था रहेकाले तत्काल नजिकै रहेको कुँडुले माध्यमिक विद्यालयमा कोठाको व्यवस्थापन गरेर बालविकास केन्द्र चलाउने विषयमा छलफल भइरहेको नगर उप–प्रमुख खड्काले बताए । ‘‘वर्षा रोकिएपछि भवनलाई सुरक्षित बनाउन संरचना निर्माणको काम गर्नुपर्ने देखिन्छ’’ खड्काले भने ।

पहिरो नियन्त्रण र त्यसको संरक्षणका लागि आवश्यक कदम चाल्ने विषयमा नगर शिक्षा शाखाका प्रमुखसहितको बैठकपछि निष्कर्ष निस्कने खड्काले बताए । पहिरोले बाल वाटिका जोखिममा परेकोबारे जिल्ला प्रशासनलाई समेत जानकारी गराईएको बाल शिक्षक गोमा सापकोटाले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->