बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

अवैध ढुंगा ओसारपसार गर्ने सवारीलाई जरिवाना

अवैध ढुंगा ओसारपसार गर्ने सवारीलाई जरिवाना


  • ढाेरपाटन संवाददाता
  • साउन २३ २०८३, शनिबार

बागलुङ/अवैध रुपमा ढुंगा उत्खनन् तथा ओसारपसारमा संलग्न सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी बिहुँको टोलीले चेकजाँचको क्रममा ताराखोला गाउँपालिका वडा नं. १ माझखर्कदेखि पोखरातर्फ लैजाँदै गरेको बा १३ च ५०१३ नम्बरको पिकअप भ्यान स्लेट ढुंगासहित नियन्त्रणमा लिएको हो ।

अवैध रुपमा उत्खनन् गरी ठूलो परिणाममा ल्याउँदै गरेको सवारी नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि बागलुङ नगरपालिकामा बुझाईएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक रामेश्वर त्वातीले जानकारी दिए ।

बिलविजक नभएको स्लेट ढुंगा ओसारपसार गरेको पाईएपछि १० हजार रुपियाँ जरिवाना गरिएको बागलुङ नगरपालिका राजश्व शाखाका सहायक कम्प्युटर अपरेटर हरिनारायण उपाध्यायले जानकारी दिए । ‘‘भ्याटबिल बिना अवैध रुपमा कारोबार गरेको देखिएपछि कार्वाही स्वरुप जरिवाना गरिएको हो’’ उपाध्यायले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->