बागलुङ\रोटरी क्लव अफ बागलुङ र रोट्रयाक्ट क्लव अफ बागलुङको संयुक्त आयोजनामा बागलुङ नगरपालिका वडा नं. ३ रात्माटामा वृक्षारोपण गरिएको छ ।
रोटरी डिस्ट्रीक ३२९२ को गोलअन्तर्गत रातमाटास्थित पञ्चायन गणेश मन्दिर व्यवस्थापन समितिको सहकार्यमा मन्दिर परिसरमा १ सयभन्दा बढि बिरुवा रोपिएको हो ।
रोटरी क्लव अफ बागलुङ, रोट्रयाक्ट क्लव अफ बागलुङ, पञ्चायन गणेश मन्दिर व्यवस्थापन समिति र स्थानीयको सक्रियतामा बेल, जाकारान्डा, कल्की, अमला, गुल्मोहर, धुपी रोपिएको रोटरी क्लव अफ बागलुङका अध्यक्ष पुनम प्रसाद शर्माले जानकारी दिए ।
क्लबका पदाधिकारी सदस्य, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी सदस्यको सहभागितामा भएको कार्यक्रममा स्थानीयबासीलाई १२ वटा बिभिन्न प्रकारका फुल समेत हस्तान्तरण गरिएको शर्मा बताए ।





