पोखरा/टिभिएस मोटर कम्पनीले नेपालको विद्युतीय २ पांग्रे बजारलाई लक्षित गर्दै नयाँ इलेक्ट्रिक स्कुटर टिभिएस अरबिटर इभी पोखरामा सार्वजनिक गरेको छ । जगदम्बा मोटर्सको आधिकारिक बिक्री सञ्जालमार्फत् सार्वजनिक गरिएको अरबिटरलाई कम्पनीले सहरी यात्राका लागि स्मार्ट, दिगो र सुविधाजनक विद्युतीय मोबिलिटी समाधानका रूपमा प्रस्तुत गरेको छ ।
अरबिटरमा ३.१ किलोवाट–आवरको ब्याट्री जडान गरिएको छ; जसले १ Li ५८ किलोमिटरको आइडीएस रेन्ज प्रदान गर्छ , स्कुटरमा क्रुज कन्ट्रोल, हिल होल्ड असिस्ट, पार्किङ असिस्ट, रिजेनेरेटिभ ब्रेकिङ तथा इको, पावर मोड जस्ता सुविधा उपलब्ध छन् । अरबिटरका प्रमुख विशेषतामध्ये १४ इन्चको फ्रन्ट ह्विल छ ।
कम्पनीले यसलाई उद्योगमै पहिलो १४ इन्च फ्रन्ट ह्विल भएको इलेक्ट्रिक स्कुटरका रूपमा प्रस्तुत गरेको छ । ठूलो अगाडिको पांग्राले विभिन्न सडक अवस्थामा स्थिरता, ग्रिप र ह्यान्डलिङ सुधार गर्ने कम्पनीको दाबी छ । स्कुटरमा ३४ लिटरको अन्डर–सिट स्टोरेज उपलब्ध छ, जसमा दुई वटा हेल्मेटसमेत राख्न सकिन्छ ।
८ सय ४५ मिलिमिटर लामो फ्ल्याटफर्म सिट र २ ष् ि९० मिलिमिटरको स्ट्रेट–लाइन फुटबोर्डले चालक तथा पछाडि बस्ने यात्रुलाई पर्याप्त आराम र लेगरुम उपलब्ध गराउने छ। प्रविधितर्फ अरबिटरमा कनेक्टेड मोबाइल एप, कल तथा एसएमएस अलर्टसहितको कलर एलसीडी डिजिटल क्लस्टर, टर्न–बाइ–टर्न नेभिगेसन र ओटिए अपडेटको सुविधा छ ।
मोबाइल एपमार्फत ब्याट्री चार्जको अवस्था तथा ओडोमिटरको विवरणसमेत टाढैबाट जाँच गर्न सकिन्छ । सुरक्षालाई पनि प्राथमिकता दिइएको अरबिटरमा दुर्घटना वा स्कुटर ढलेको अवस्थामा अलर्ट, चोरी तथा टोइङ अलर्ट, जियोफेन्सिङ, टाइमफेन्सिङ र लाइभ लोकेसन ट्र्याकिङ जस्ता स्मार्ट सुरक्षा सुविधा समावेश छन् ।
स्कुटरमा १६९ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स, एलइडी हेडलाइट, एज–टु–एज कम्बिनेसन ल्याम्प र युएसबी चार्जिङ पोर्टसमेत उपलब्ध छ । कार्यक्रममा स्क्वायर मोटर्सका अध्यक्ष आदर्शमान श्रेष्ठले टिभिएस आइक्युबको सफलतापछि अरबिटरले नेपालको विद्युतीय बजारमा कम्पनीको उपस्थितिलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे । उनले देशव्यापी बिक्री तथा सेवा सञ्जालमार्फत ग्राहकलाई सहज खरिद तथा स्वामित्व अनुभव प्रदान गर्ने कम्पनीको लक्ष्य रहेको बताए ।
जगदम्बा मोटर्सका नेसनल सेल्स हेड सुशान्त आचार्यले नेपाली ग्राहकको आवश्यकता तथा नेपालको विविध सडक र भौगोलिक अवस्थालाई ध्यानमा राखेर अरबिटरको परीक्षण गरिएको बताए।स्कुटरमा आकर्षक डिजाइनसँगै प्रविधि, आराम, उपयोगिता र कार्यसम्पादनलाई प्राथमिकता दिइएको छ ।
अरबिटर नेपालमा नियोन सनब्रस्ट, कस्मिक टिटानियम र मार्टिन कपर गरी तीन रंगमा उपलब्ध हुनेछ।कम्पनीले अरबिटरको परिचयात्मक मूल्य २ लाख ८१ हजार ९ सय रुपैयाँ निर्धारण गरेको छ ।





