सोमबार, साउन २५ २०८३

सोमबार, साउन २५ २०८३
  • २५ साउन २०८३ , सोमबार
  • August 10 2026

कास्कीका ३ स्थानीय तहमा मंगलबार सार्वजनिक बिदा

कास्कीका ३ स्थानीय तहमा मंगलबार सार्वजनिक बिदा


  • ढाेरपाटन संवाददाता
  • साउन २५ २०८३, सोमबार

पोखरा / कास्कीका तीन स्थानीय गुरुङ समुदायको मौलिक एवं परम्परागत पर्व ट्होटेँका अवसरमा मंगलबार स्थानीय बिदा दिएका छन् । मादी, अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकामले सूचना जारी गरी बिदा दिएको जनाएका हुन्् ।

सूचना अनुसार मंगलबार गाउँ कार्यपालिका कार्यालय, मातहतका वडा कार्यालय, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थामा अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द हुने पालिकाले जनाएका हुन् । गुरुङ समुदायले प्रत्येक वर्ष चैत र साउन महिनाको अन्तिम मङ्गलबार सडकमा निस्केर धुमधामका साथ ट्होटेँ पर्व मनाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->