सोमबार, साउन २५ २०८३

सोमबार, साउन २५ २०८३
  • २५ साउन २०८३ , सोमबार
  • August 10 2026

पाँच जना फरार प्रतिवादी पक्राउ

पाँच जना फरार प्रतिवादी पक्राउ


  • अनिष पाठक
  • साउन २५ २०८३, सोमबार

बागलुङ/अदालतबाट दोषी ठहर भई सजाय तथा जरिवाना भुक्तानी गर्न बाँकी रहेका पाँच जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी र मातहतका युनिटले उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा झुटा विवरण पेस गरी दोहोरो नागरिकता लिएको मुद्दाका गलकोट नगरपालिका वडा नं. ६ चरौदीका २५ वर्षिय पवन गौतम (प्रमोद), ७७ वर्षिय अणदत्त गौतम र ५० वर्षिय भविन्द्र गौतम रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक रामेश्वर त्वातीले जानकारी दिए ।

त्यस्तै, प्रहरीले घरेलु हिंसा मुद्दामा गलकोट नगरपालिका–९ बास्खोलाका ४५ वर्षिय लाल बहादुर दर्जी र चेक अनादर मुद्दामा बरेङ गाउँपालिका वडा नं. २ हुग्दिशिरका भिम बहादुर श्रीसलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका सबै कसुरदारलाई जरिवाना असुली तथा बाँकी कैद भुक्तानीका लागि बागलुङ जिल्ला अदालतमा उपस्थित गराइएको छ । प्रहरीले संयुक्त विशेष अप्रेसन संचालन गरेर उनीहरूलाई पक्राउ गरेको त्वातीले बताए ।

अदालतको फैसला कार्यान्वयनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउँदै न्याय सम्पादनलाई पूर्णता दिन अभियान सञ्चालन गरिएको त्वातीको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->