बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

अपाङ्गता भएकी किशोरीमाथि जबरजस्ती करणी

अपाङ्गता भएकी किशोरीमाथि जबरजस्ती करणी


  • अनिष पाठक
  • साउन २६ २०८३, मंगलबार

बागलुङ/जिल्लाको बडिगाड गाउँपालिका–१ की पूर्णअपाङ्गता भएकी किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

करणी गरेको आरोपमा बडिगाड गाउँपालिका–३ सिसाखानी बस्ने ३२ वर्षिय होम प्रतेललाई प्रहरीले पक्राउ गरेको हो । गत साउन २१ गते दिउँसो बडिगाड गाउँपालिका–१ घोरलोकस्थित विद्यालयबाट घर फर्किंदै गरेकी पूर्णअपाङ्गता भएकी १७ वर्षिया किशोरीलाई प्रतेलले जबरजस्ती करणी गरेको पीडितको जाहेरीमा उल्लेख छ ।

पीडित किशोरीमाथि करणी गरेको अभियोगमा पक्राउ परेका प्रतेलमाथी थप अनुसन्धान गर्न जिल्ला अदालत बागलुङबाट पाँच दिनको म्याद थप गरिएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->