बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

महिला उद्यमीलाई साबुन बनाउने तालिम

महिला उद्यमीलाई साबुन बनाउने तालिम


  • ढाेरपाटन संवाददाता
  • साउन २६ २०८३, मंगलबार

बागलुङ/बागलुङ उद्योग वाणिज्य संघको महिला उद्यम विकास समितिले उद्यमीलाई साबुन बनाउते तालिम दिन थालेको छ । ५ दिनसम्म चल्ने तालिमबाट उद्यमीले आफ्नो लागि उपयोग गर्ने साबुन, कपडा धुने सरफ तथा हात धुने वास समेत बनाउने छन् ।

मंगलबार एक कार्यक्रम गरी २५ जना उद्यमीका लागि तालिम संचालन गरिएको हो । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष नरेश कँडेलले तालिमको उद्घाटन गर्दै तालिमबाट उद्यमी र उद्यमीबाट आत्मनिर्भर हुँदै सफल व्यवसायी बन्ने बाटोमा लाग्न आग्रह गरे । उनले महासंघले पनि थप सीप विकासका लागि साथ र सहयोग गर्ने बताए । हरेक प्रकारका उत्पादन स्थानीय रुपमा उत्पादन गर्न सकेमा आयात प्रतिस्थापन हुने र देश विकासका लागि पनि यहाँबाट इटा थप गर्न सकिने कँडेलको भनाई थियो ।

कार्यक्रममा बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्यले महिला उद्यमीलाई दक्ष बनाएर जिल्लाकै व्यवसाय बढाउने लक्ष्य राखेको बताए । त्यसका लागि सबैखाले तालिम दिएर उद्यममा सक्रिय बनाउन पहल गर्ने बताए । दक्ष उद्यमीलाई व्यवसाय थाल्न अप्ठ्यारो पर्दा सहुलियत ऋण दिने बैंकको खोजी गरेको उनले जानकारी दिए ।

उद्यम विकास समितिकी अध्यक्ष पिंगला जिसीले विभिन्न श्रोत संकलन गरेर १ लाख ३० हजार रुपैयाँमा ५ दिने तालिम सम्पन्न गर्न लागिएको बताइन् । अन्य उद्यम गरिरहेकाले समेत तालिममा सहभागि हुन चासो राखेको उनले बताइन् ।

तालिममा सहजीकरण गर्न काभ्रेबाट ममता चौलागाई र विश्वास ढुंगेल प्रशिक्षकको रुपमा आएका छन् । उद्घाटन कार्यक्रम समितिकी अध्यक्ष पिंगला जिसीको अध्यक्षता, महासचिव रम्बादेवी शाक्यको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->