पोखरा/सिजी होल्डिङ्सको अटोमोबाइल डिभिजन तथा नेपालमा सुजुकी गाडीको अधिकृत वितरक सिजी मोटोकर्पले बुधबारदेखि शुक्रबारसम्म देशभरका सबै सुजुकी सर्भिस सेन्टरमा विशेष मनसुन निःशुल्क सर्भिस क्याम्प आयोजना गर्ने भएको छ ।
तीन दिनसम्म सुजुकीका ग्राहकले ब्रेक, टायर, वाइपर, इन्जिन र इलेक्ट्रिकल प्रणाली लगायत वर्षायाममा बढी जोखिममा पर्ने भागको निःशुल्क जाँच, विशेषज्ञ मर्मत सल्लाह, र पाट्र्स तथा सर्भिसमा विशेष छुटको सुविधा पाउनेछन् । कम्पनीले वर्षायाममा सवारीसाधन सुचारु राख्न सबै सुजुकी धनीलाई यस अवसरको लाभ लिन आग्रह गरेको छ ।
‘नेपालमा मनसुन सवारीसाधनका लागि सबैभन्दा चुनौतीपूर्ण समय हो । यस अभियानमार्फत् हाम्रो उद्देश्य ग्राहकलाई सर्भिस सुविधा प्रदान गर्नुमात्र नभई मर्मतसम्भार र वर्षायाममा सुरक्षित सवारी चालनलाई प्रोत्साहन गर्नु पनि हो,’सिजी मोटोकर्पका वरिष्ठ प्रबन्धक सरोज खड्काले भने ।
क्याम्पमा पाट्र्स र लुब्रिकेन्टमा १० प्रतिशत, लेबरमा २० प्रतिशत छुट दिँदा निःशुल्क जनरल जाँच, एसी र ब्याट्री जाँच, साथै ब्रेक, टायर, वाइपर र इलेक्ट्रिकल प्रणालीमा विशेष ध्यान दिइनेछ । एसेसरिजमा १५ प्रतिशत छुट दिइनेछ ।
क्याम्पका क्रममा सुजुकीले तीन जना भाग्यशाली ग्राहकलाई आकर्षक उपहार दिनेछ । यो क्याम्प देशभरका सबै सुजुकी सर्भिस सेन्टरमा सञ्चालन हुनेछ । सुजुकी नेपालको सबैभन्दा ठूलो अटोमोटिभ सर्भिस सञ्जाल हो । सुजुकीका ग्राहकहरूले साउन २७ देखि २९, २०८३ सम्म आफ्नो नजिकको अधिकृत सुजुकी सर्भिस सेन्टरमा गई क्याम्पको सुविधा लिन सक्ने छन् ।





