बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

धम्जामा चक्कु प्रहार गरी साथीको हत्या गर्ने पक्राउ

धम्जामा चक्कु प्रहार गरी साथीको हत्या गर्ने पक्राउ

हत्याको सूचना पाएपछि मंगलवार राती नै धम्जा पुगेर प्रहरीले घर्तीलाई पक्राउ गरेको हो ।


  • ढाेरपाटन संवाददाता
  • साउन २७ २०८३, बुधबार

बागलुङ/सँगै काम गरी बस्ने साथीलाई धारिलो चक्कु प्रहार गरी हत्या गरेको आरोपमा काठेखोला गाउँपालिका ३ धम्जाबाट एक युवा पक्राउ परेका छन् ।

प्रहरीले मंगलवार राती ढोरपाटन नगरपालिका-५ का २५ बर्षिय अर्जुन घर्तीलाई पक्राउ गरेको हो ।

हत्याको सूचना पाएपछि मंगलवार राती नै धम्जा पुगेर प्रहरीले घर्तीलाई पक्राउ गरेको हो । मंगलबार राती पौने १० बजे घर्तीले ढोरपाटन नगरपालिका-७ का ४० वर्षिय अशोक खत्रीलाई हत्या गरेको प्रहरीले बतायो ।

ढोरपाटन नगरपालिका-५ घर भएपनि एकसाता देखि काठेखोलामा आएर दुवै जना ज्याला मदजुरीको काम गर्दै आएका थिए । उक्त स्थानको निर्मल आधारभूत बिद्यालयको पुरानो भवनमा बस्दै काम गरिरहेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->