बिहिबार, साउन २८ २०८३

बिहिबार, साउन २८ २०८३
  • २८ साउन २०८३ , बिहिबार
  • August 13 2026

युवा दिवशमा रन बागलुङ ३.० कार्यक्रम

युवा दिवशमा रन बागलुङ ३.० कार्यक्रम


  • ढाेरपाटन संवाददाता
  • साउन २७ २०८३, बुधबार

बागलुङ/अन्तराष्ट्रिय युवा दिवशको अबसरमा ‘रन बागलुङ ३’ कार्यक्रम सम्पन्न गरिएको छ । लियो क्लब अफ बागलुङ कालीगण्डकीको आयोजनामा लायन्स क्लबहरु समेतको व्यवस्थापनमा बुधबार बागलुङ कालीका मन्दिर गेटदेखि कुँडुलेस्थित शालिग्राम संग्राहलयसम्म दौड प्रतियोगिता गरिएको हो ।

१ सय २२ युवाहरु प्रतियोगितामा भाग लिएका थिए । उक्त अवसरमा २६ मीनेट २५ सेकेण्डमा निर्धारित दुरी पार गरेर बादल कार्की प्रथम भएका छन् । उनले १५ हजार नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र पाए ।

त्यस्तै २७ मीनेट १ सेकेण्डमा दुरी पार गरेर सोदिप सुबेदी द्वितिय र २७ मीनेट २५ सेकेण्डमा दुरी पार गरेर सक्षम बोहोरा तृतिय भएका छन् । द्वितिय भएका सुवेदीले १० हजार नगद र तृतिय भएका बोहोराले ५ हजार नगद पुरस्कार पाएको लियो क्लब अफ बागलुङ कालीगण्डकीका अध्यक्ष विनोद कार्कीले जानकारी दिए ।

कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले युवाहरु शारिरीक र मानसिक रुपमा सक्षम भएमा देश विकास गर्न सकिने बताए । जेनजी आन्दोलनपछि युवाहरुमा देशको सुशासनको क्षेत्रमा पनि जिम्मेवारी थपेको बताए । खेलमार्पmत आफ्नो भविष्य देख्ने युवालाई यस्ता कार्यक्रमले प्रेरणा दिने पनि बताए ।

यो कार्यक्रमका लागि बागलुङ नगरपालिका, एकीकृत सेवा कार्यालय, कालीका भगवती गुठी व्यवस्थापन समिति, रंगवेंकटेश्वर मुक्तिनारायण मन्दिर र खुसी मन नेपालले सहयोग गरेको लायन्स लिडर नारायण आचार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->