बिहिबार, साउन २८ २०८३

बिहिबार, साउन २८ २०८३
  • २८ साउन २०८३ , बिहिबार
  • August 13 2026

कास्की कारागारमा उपसचिव प्रमुख हुने

कास्की कारागारमा उपसचिव प्रमुख हुने


  • ढोरपाटन संवाददाता
  • साउन २८ २०८३, बिहिबार
Compressed by jpeg-recompress

कास्की/गृह मन्त्रालयले जिल्ला कारागार कास्कीमा उपसचिव प्रमुख हुने व्यवस्था गरेको छ । गृह मन्त्रालय तथा अन्तर्गतका कार्यालयको गरिएको नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण(ओएन्डएम)मा कास्कीको कारागार प्रमुखमा उपसचिव हुने व्यवस्था गरेको हो ।

झापा, मोरङ र बाँकेका कारागारमा पनि उपसचिवको दरबन्दी थपिएको छ । चार सय २० जना क्षमताको कास्की कारागारमा अहिले अधिकृत तहका प्रमुख छन् । कास्कीका कारागार प्रशासक सम्राट थापामगरले अहिले कास्की कारागारमा कैदीबन्दी गरी ६ सय ६९ पुरुष, ४० महिला र २ आश्रित रहेको जानकारी दिए । क्षमताभन्दा करिब दोब्बर कैदी, बन्दी गरेको यो कारागारमा जेनजी आन्दोलनमा भागेका एक सय १५ जना अझै फर्किएका छैनन् ।

कारागारमा एक चार वर्षीय र अर्का डेढ बर्षीय बालकसमेत छन् । यहाँ एक स्वास्थ्यकर्मी १२ कर्मचारी र २८ सुरक्षाकर्मी कार्यरत छन् । गृहले सहसचिव तहका अधिकारी प्रमुख जिल्ला अधिकारी(प्रजिअ) हुने पहाडका विभिन्न ९ जिल्लाको दरबन्दी काटेको छ । अब ती जिल्लामा उपसचिव तहका सिडिओ खटाइनेछ ।

बैतडी, डडेल्धुरा, अछाम, जुम्ला, सल्यान, जाजरकोट, रोल्पा, भोजपुर र खोटाङ जिल्लाका अब उपसचिव सिडिओ हुने छन् । गृहका प्रवक्ता आनन्द काफ्लेले मन्त्रालय अन्तर्गत ९सहसचिवको दरबन्दी कटौती गरिएको जानकारी दिए । पोखरा तथा भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि दुई÷दुई वटा अध्यागमन कार्यालय रहेकोमा दुवै स्थानमा एक÷एक कार्यालय कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->