आइतबार, साउन ३१ २०८३

आइतबार, साउन ३१ २०८३
  • ३१ साउन २०८३ , आइतबार
  • August 16 2026

बडिगाडमा पहिरोले घरमा क्षति

बडिगाडमा पहिरोले घरमा क्षति


  • अनिष पाठक
  • साउन २९ २०८३, शुक्रबार

बागलुङ/निरन्तरको झरीले बडिगाड गाउँपालिकाको एक घरमा क्षति पुगेको छ । बिहिबार साँझ घरमाथिबाट खसेको पहिरोले बडिगाड गाउँपालिका वडा नं. ५ जोगीबगरमा स्थानीय लोकबहादुर थापाको घरमा क्षति पुगेको हो ।

वडा अध्यक्ष विष्णुप्रसाद आचार्यका अनुसार, पहिरोका कारण घरमा क्षति पुगेपनि मानवीय क्षति भने भएको छैन । पहिरोले थप क्षति पु¥याउने अवस्था देखिएपछि थापा परिवारलाई सुरक्षित स्थान छिमेकीको घरमा सारिएको आचार्यले जानकारी दिए ।

बडिगाड आसपासमा निरन्तर वर्षा भईरहेकोले सावधानी अपनाउन गाउँपालिकाले अनुरोध गरेको छ । निरन्तरको वर्षाले ग्रामीण सडक तथा लोकमार्गमा पनि जोखिम कायम रहेकाले सकभर रातीमा यात्रा नगर्न तथा पहिरोको जोखिम भएका क्षेत्रमा सतर्क रहन तथा सुरक्षित स्थानमा बस्न बडिगाड गाउँपालिकाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->