बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

मोदीखोलामा फँसेका ३ जनाको सकुशल उद्धार

मोदीखोलामा फँसेका ३ जनाको सकुशल उद्धार


  • ढोरपाटन संवाददाता
  • साउन २९ २०८३, शुक्रबार

पोखरा/ अविरल वर्षापछि मोदीखोलामा आएको बाढीमा फँसेका तीनजनाको सकुशल उद्धार गरिएको छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–५ हाइजुङस्थित अन्नपूर्ण माता मन्दिरमा बस्दै आएका पुजारी भारतको हिमाञ्चल प्रदेश घर भएका ४८ वर्षीय निर्माण गिरी, स्थानीय विरेठाँटी माविका शिक्षक २३ वर्षीय रेवन्तप्रसाद सिंह र पोखरा–१८ सराङकोटका २८ वर्षीय प्रदीप ढकालको सकुशल उद्धार गरिएको हो ।

विहीबार रातीको वर्षाका कारण मोदीखोलामा बाढी आएको थियो । प्रहरीचौकी नयाँपुलका प्रहरी सहायक निरीक्षक रमेश अधिकारीका अनुसार खोलाबीचको सानो भग्नावशेषमा तीनजना फँसिरहेका थिए । डोरीको सहायताले उनीहरुको उद्धार गरिएको हो । कास्की प्रहरीका निमित्त प्रमुख डिएसपी बीरेन्द्रकुमार पासवानका अनुसार उद्धार गरिएकालाई पोखरा ल्याएर स्वास्थ्य परीक्षण गरिने भएको छ । ‘स्वास्थ्य परीक्षणपछि उनीहरुलाई आफन्तको जिम्मा लगाइनेछ’, पासवानले भने ।

बाढी आएर तीनजना फँसेको खबर पाउन साथ शुक्रबार बिहान साढे १ बजेतिर अधिकारीको कमाण्डमा ४ प्रहरीको टोली खटी गएको थियो । साथै सशस्त्र सशस्त्र प्रहरी बल नं २४ गण कालिका कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक शरण बहादुर खड्काको कमाण्डमा १३ जना (विपद व्यवस्थापन टोली) खटि गएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->