बागलुङ (खर्वाङ)/बिहिबार रातीदेखिको निरन्तर वर्षापछि शुक्रबार बिहान पहिरो खस्दा पश्चिम बागलुङ निसीखोला गाउँपालिका–२ का ४० घर उच्च जोखिममा परेका छन् ।
उपल्लो बेङ्ग्री–हाँडिचार–बास्खोला सडकबाट खसेको पहिरोले निसीखोला गाउँपालिका धाराटोलसहित तल्लो क्षेत्रका स्थानीय जोखिममा परेका वडा अध्यक्ष कुविर विश्वकर्माले जानकारी दिए ।
पहिरोले धाराटोलका धनबहादुर खत्री, राजन परियार, दीपक परियार, ज्ञानबहादुर परियार, हरिकला घर्ती, तारा घर्ती, देविराम घर्ती र टिका घर्तीको घर, शौचालय, गोठमा क्षति गरेको छ भने मानविय क्षती भने नभएको वडाध्यक्ष विश्वकर्माले बताए ।
उपल्ला बेङ्ग्री–हाँडिचौर–बासखोला जोड्न खोलिएको नयाँ सडकबाटै पहिरो अहिले पनि निरन्तर खसिरहेको छ । जसले धाराटोलसहित तल्लो क्षेत्रका बस्ती समेत जोखिममा परेका छन् । बिहानैदेखि निरन्तर पहिरो खसिरहेका कारण स्थानीय त्रसित छन ।





