बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

बाढीले कास्कीको अन्नपूर्णमा थप क्षती, जलविद्युत आयोजना देखि झोलुंगे पुल बगायो, केही घर जाेखिममा

बाढीले कास्कीको अन्नपूर्णमा थप क्षती, जलविद्युत आयोजना देखि झोलुंगे पुल बगायो, केही घर जाेखिममा


  • ढाेरपाटन संवाददाता
  • साउन २९ २०८३, शुक्रबार

पोखरा/ अविरल वर्षापछि आएको बाढीले कास्कीको अन्नपूर्ण गाउँपालिकाका विभिन्न स्थानमा थप क्षती पुर्याएको छ ।

प्रहरीका अनुसार अन्नपूर्ण–११ छोम्रोङफेदीस्थित घान्द्रुक जलविद्युत हाइड्रोपावरमा छोम्रोङखोलाको बाढीको कारण कामदार बस्दै आएको कोठा, शौचालय, भान्साकोठा र हाईड्रोपावरको विभिन्न सर सामानमा क्षति पुर्याएको छ । आयोजना निर्माणका लागि खटिएको कान्छी बराह कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालिको मातहतमा रहेको कोमात्सु हाइड्रोलिंक एक्साभेटर पनि बाढीले पुरेको थियो ।

यसैगरी अन्नपूर्ण–१० स्याउलीबजार स्थित रहेको स्याउलीबजार वडा नम्बर ७ हवाली जोड्ने झोलुंगे पुल मोदीखोलाको बाढीले बगाइदिएको छ । त्यस्तै स्थानीय मनप्रसाद गुरुङको ढुङंगा माटोले बनेको ढुङंगाको छानो भएको २ तले कच्ची घरमा संचालन गदै आएको स्याउलीबजार गेष्ठ हाउसमा वाढी पसी भौतिक संरचना साथै होटलका सामान बगाएको छ । तीनजना बस्दै आएको उक्त घर पुर्ण रुपमा जोखिममा रहेको छ ।

बिहीबार राती परेको अविरल बर्षाको कारण मोदीलगायत खोलामा बाढी आएको थियो । घटनाबारे थाहा हुनसाथ प्रहरी चौकी घान्द्रुकका प्रनानि राजेन्द्र पौडेलको कमाण्डमा ४ जनाको टोली खटेको थियो । बाढीबाट भएको अन्य क्षतिको बिबरण खुलाउने कार्य भई रहेको कास्की प्रहरीले जनाएको छ ।

हिजो राती नै मोदीखोलामा आएको बाढीले प्रसिद्ध पर्यटकीयस्थल घान्द्रुक जाने बाटो कम्तीमा ५ स्थानमा अवरुद्ध भएको छ । यसैगरी नयाँपुलको हाइजुङस्थित माता अन्नपूर्ण मन्दिर, दुईवटा आवतजावत गर्ने फलामे पुल बगाएको थियो । मन्दिरमा रहेको पूजारीसहित तीनजनालाई सुरक्षाकर्मीले सकुशल उद्धार गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->