आइतबार, साउन ३१ २०८३

आइतबार, साउन ३१ २०८३
  • ३१ साउन २०८३ , आइतबार
  • August 16 2026

मोदी र सेतीको अध्ययन हुने

मोदी र सेतीको अध्ययन हुने

घान्द्रुक जाने मुख्यमार्ग रहेको वीरेठाँटीकै अस्तित्व मेट्ने हो कि भन्ने जोखिमसमेत देखिएको छ ।


  • विजय नेपाली
  • साउन ३० २०८३, शनिबार

पोखरा/कास्कीको अन्नपूर्ण गाउँपालिकामा मोदी खोलामा एक महिनामै तेस्रो पटक बाढी आयो । बुधबार राति आएको अविरल वर्षासँगै खोलाको बहाव बढेपछि बाढीले अन्नपूर्ण–६ मा २ वटा पुल र मन्दिर बगाएको छ ।

विगत ३० वर्षमा मोदी खोलामा त्यस्तो ठूलो विपत्ति आएको प्रशासनसँग रेकर्ड छैन । मनसुन सुरु भएपछि अन्नपूर्णको मोदी खोलामा यो असारदेखि साउन २९ गतेसम्म ६ पटकभन्दा बढी बाढी आयो । यसले विपद् व्यवस्थापन समितिको योजनामै बाढी ल्याइदिएको छ । मोदी खोलाको बाढीले सबैभन्दा बढी पर्यटकीय क्षेत्र वीरेठाँटीमा क्षति पु¥यायो ।

घान्द्रुक जाने मुख्यमार्ग रहेको वीरेठाँटीकै अस्तित्व मेट्ने हो कि भन्ने जोखिमसमेत देखिएको छ । वडा नम्बर–५ र ६ को सिमाना पर्ने मोदी खोलाको बीचमा रहेको अन्नपूर्ण माता मन्दिर मोदी खोलाले बगाएको हो । सो ठाउँका दुईवटा पुल पनि बगाएको नयाँ पुल प्रहरी चौकीका कमान्ड प्रहरी सहायक निरीक्षक रमेश अधिकारीले जानकारी दिए ।

पर्वत र कास्की जोड्ने तथा मन्दिर आवतजावत गर्ने बेलीब्रिज खोलाले बगाएको हो । पुल बगाएपछि मन्दिर परिसरमा फसेका तीन व्यक्तिको सकुशल उद्धार गरिएको छ । खोलाको बीचमा रहेको ढिस्कोमा मन्दिर रहेको थियो । उक्त मन्दिरमा बस्ने पुजारीसहित अन्य २ जना बाढीका कारण अलपत्र परेका थिए ।

उक्त स्थानमा ८ वर्षदेखि पूजा गर्दै आएका भारत हिमाचल प्रदेशका ४८ वर्षीय निरमाया गिरी, पोखरा–१८ सराङकोटका २८ वर्षीय प्रदीप ढकाल, सर्लाही घर भई कास्कीको अन्नपूर्ण गाउँपालिका–८ मा रहेको वीरेठाँटी माध्यमिक विद्यालयका शिक्षक ३० वर्षीय रेवन्तप्रसाद सिंहलाई सशस्त्र प्रहरी र प्रहरीको टोलीले उद्धार गरेको हो ।

पटक पटक आएको बाढीका कारण मोदी खोला र सेती नदीको अध्ययन गर्नुपर्ने निष्कर्षमा जिल्ला विपद् व्यवस्थापन समिति पुगेको छ ।

शुक्रबार बसेको समितिको बैठकले यी दुई नदीको अध्ययन गर्ने निर्णय गरेको छ । ‘हामी यो विषयमा गम्भीर भएका छौं । कल्पना गरेको भन्दा फरक तरिकाले मोदी खोलामा यस पटक बाढी आयो । हामीले उच्च जोखिममा राख्यौ तर, यस्तो होला भन्ने लागेन,’ उनले भने, ‘खोलाको माथितिर के भएको हो, अध्ययन हुनुप¥यो । हामीले यस बारेमा संघ र प्रदेश सरकारलाई अनुरोध पनि गरेका छौं ।’

बैठकले जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र (डिओसी) र स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र (एलओसी) बीचको सम्बन्धलाई प्रभावकारी बनाउँदै अझ सशक्त बनाउने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->