आइतबार, साउन ३१ २०८३

आइतबार, साउन ३१ २०८३
  • ३१ साउन २०८३ , आइतबार
  • August 16 2026

खोला तर्नेक्रममा बालक वेपत्ता

खोला तर्नेक्रममा बालक वेपत्ता


  • ढाेरपाटन संवाददाता
  • साउन ३० २०८३, शनिबार

पोखरा / पोखरा महानगरपालिका–२६, सक्नेरीस्थित भगवती हाइड्रोपावर नजिकै विजयपुर खोला तर्ने क्रममा दुइ बालक बेपत्ता भएका छन् ।
शनिबार दिउँसो करिब १ बजे पोखरा–२६ कै विजयबस्तीबाट विजयपुर खोला तरेर सक्नेरीतर्फ आउने क्रममा करिब १४÷१५ वर्ष उमेरका दुई बालकलाई खोलाले बगाएको हो । सुरुवातमा दुई जना बेपत्ता भएपनि एक बालक सम्पर्कमा आएका छन् ।

घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय शिशुवा, जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय रामबजार र सशस्त्र प्रहरीको टोली खोजी तथा उद्धारका लागि घटनास्थलमा पुगेको छ ।

इलाका प्रहरी कार्यालय शिशुवाबाट प्रहरी नायब उपरीक्षक गुणराज बुढाथोकीको कमान्डमा ७ जना, जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी निरीक्षक रामजी देवकोटाको कमान्डमा ७ जना र वडा प्रहरी कार्यालय रामबजारबाट प्रहरी निरीक्षक तेजप्रसाद कँडेलको कमान्डमा ७ जना प्रहरी परिचालन गरिएको छ ।

त्यस्तै, सशस्त्र प्रहरी बेस क्याम्प कुडहरबाट सशस्त्र प्रहरी निरीक्षक केशव शर्माको कमान्डमा ९ जनाको गोताखोर टोलीसमेत खोजी तथा उद्धारका लागि परिचालन भएको छ ।

टोलीले विजयपुर खोलामा बेपत्ता बालकको खोजी गर्नुका साथै घटनाबारे थप जानकारी संकलन गरिरहेको प्रहरीले जनाएको छ। घटनास्थल इलाका प्रहरी कार्यालय शिशुवाबाट करिब ६ किलोमिटर पश्चिम–दक्षिणतर्फ पर्छ।बेपत्ता बालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

बेपोा बालक पोखरा १४ छिनेडाँडाका निकसन गुरुङ र पाेखरा १४ कै ओमन राई भएको खुलेको छ । यद्यपी उनी फेला परेका छैनन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->