सोमबार, भाद्र १ २०८३

सोमबार, भाद्र १ २०८३
  • १ भाद्र २०८३ , सोमबार
  • August 17 2026

बडिगाडको ठाउँ ठाउँमा पहिरो, आठ घर जोखिममा

बडिगाडको ठाउँ ठाउँमा पहिरो, आठ घर जोखिममा


  • अनिष पाठक
  • साउन ३१ २०८३, आइतबार

बागलुङ/पहिरोले पश्चिम बागलुङको बडिगाड गाउँपालिका वडा नं. ९ दर्लिङखोलाका आठ घर जोखिममा परेका छन् । दर्लिङखोलाका विभिन्न ठाउँमा खसेका पहिरोले खहरे र बलघाँस गाउँका घरहरु जोखिममा परेका हुन् ।

वडाका विभिन्न बस्तीहरु जोड्ने ग्रामिण सडकमा खसेको पहिरोले पन्ध्र घर जोखिममा परेपनि आठ घर उच्च जोखिममा रहेको दर्लिङखोलाका वडा अध्यक्ष कृष्ण केसीले जानकारी दिए । ‘‘निरन्तर वर्षा भइरहेकोले पहिरो खस्ने त्रास बढेपछि खहरे र बलघाँसका १० घर परिवारले आफन्तको घरमा आश्रय लिएर बस्नुभएको छ’’ केसीले भने ।

पहिरोले खहरे र बलघाँसका मने क्षेत्री, बाक्सिङ कामी, माया विक, राम प्रसाद न्यौपाने, बास्मती दमाई, खिमे दमाई, आन्नद केसी र सुनिता विकको घर उच्च जोखिममा परेको वडा सदस्य लालबहादुर छन्त्यालले जानकारी दिए । छन्त्यालका अनुसार, अझै केही दिन वर्षा भए वडामा ठुलो भौतिक तथा मानविय क्षति हुने जोखिम छ ।

पहिरोबाट विस्थापित सुनिता विकले घरमा बस्नै नसक्ने गरी क्षति पुगेपछि छिमेकीको साहरामा रात कटाउन बाध्य भएको दुखेसो पोखिन् । विकको घरमा गत वर्षको पहिरोले क्षति पु¥याएको छ । ‘‘पहिरो पनि दुःखी गरिबको घरमाथि खनिने रहेछ, गत वर्षको पहिरोले क्षति पु¥याएको घर मर्मत गर्न नपाउँदै अर्काे क्षति व्यहोर्नुप¥यो’’ विकले भनिन् ।

पहिरोले घरमा क्षति पु¥याए पनि कहिँकतैबाट राहत नपाएको विकको गुनासो छ । सुनितासंगै बुढी सासुआमा, स–साना दुई छोरासहितका श्रीमानको दिन जसोतसो घरमा बितेपनि रातमा ओत लाग्न भने छिमेकीको शरणमा पर्नुपरेको छ । प्रहरी र पालिकासंग राहत र जोखिम न्युनिकरणको लागि समन्व्य भईरहेका वडाध्यक्ष केसीले बताए ।

यस्तै, पहिरोले दर्लिङखोलाका मुख्य सडक पनि अबरुद्ध भएका छन् । सडकको ठाँउ ठाँउमा खसेको पहिरो र दर्लिङखोला घाट क्षतिग्रस्त हुँदा सवारी आवागन रोकिएको छ ।

“मध्यपहाडी लोकमार्गबाट वडा नं. ९ हुँदै वडा नं. १० दर्लिङ जोड्ने सडक तथा छिपछिपे उपल्लाचौर राखिचौर हँुदै गुल्मी जोड्ने सडक तत्काल खुलाउन नसकिने गरी क्षति भएको छ” वडाध्यक्ष केसीले भने, “दर्लिङ खोला घाटमा सानो मेसिनले काम गर्न सकिने अवस्था छैन । ठूलो मेशिनको व्यवस्थापन गर्न समय लाग्छ ।”

पहिरोकै कारण नवजागरण प्राथमिक विद्यालयको कम्पाउन्ड वालमा क्षति पुगेको छ भने बडिगाड गाउँपालिका वडा नं. ५ ग्वालीचौरको भिरकटेर प्राविको पर्खाल भत्किंदा विद्यालय जोखिममा परेको स्थानीय जीवन घिमिरे जानकारी दिए ।

२०८१ साउनमा बडिगाड वडा नं. ९ दर्लिङखोला र वडा नं. १० दर्लिङमा भीषण पहिरो जाँदा मानविय तथा करोडौंका भौतिक संरचनामा क्षति गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->