शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

उद्योग सम्हाल्दै नाति पुस्ता

उद्योग सम्हाल्दै नाति पुस्ता

नेतादेखि कर्मचारी र हुनेखानेका छोराछोरीले विदेशको बाटो तताइरहेका बेला बुद्धि र गणेशबहादुरका नातिहरू भने स्वदेशमै भाग्य अज्माइरहेका छन् ।


  • ढाेरपाटन संवाददाता
  • भाद्र २ २०८३, मंगलबार

पोखरा, बागबजारका बुद्धिबहादुर र गणेशबहादुरको बाल्यकाल अभावमै बित्यो । बा खसिसकेका थिए, आमा पुतलीदेवीको सीपमा अडिएको सानो दुकानमा बन्ने पुष्टकारीमा दुवै दाजुभाइले भाग्य अज्माउन खोजे तर भने जस्तो भएन । दाजुभाइ नै जागिरे बने । एक साँझको सल्लाहले ‘केही त गर्नुप¥यो’ भन्ने अठोट जगायो । सपना बोकेर दाजुभाइ बटौली पुगे । घुम्दै गर्दा भारतीय नागरिक चन्द्रभालको मिठाइ पसलमा पुगे । आधुनिक ‘कटर मेसिन’ले मिठाइ काटेको देखेपछि पुष्टकारीको सपना ब्यूँतियो । दाजुभाइले ‘कटर मेसिन’ मागेका के थिए, चन्द्रभालले पूरै मेसिन र काम गर्ने मान्छे नै पठाइदिने वचन थिए ।

दाइ बुद्धिबहादुर र चन्द्रभाल बनारसतिर लागे भने गणेश पोखरा फर्के । घर पछाडिको खरको टहरो भत्काएर उद्योग राख्ने ठाउँ बनाए । चक्लेट कुुन चराको नाम हो भन्ने थाहै नभएका छिमेकीले भएको घर पनि भत्काउन थालेपछि ‘बहुलाहा’ भनेर खिसी गरे । हौस्याउने काका तिलकबहादुर बजिमयले खोजिदिएको ६ हजार ऋणकै जगमा चुलो बनाए, मेसिन गाडे ।

कम्पनी दर्ता गर्न जाँदा कन्फेक्सनरीको नाम सुनेर कर्मचारी नै झस्किएको गणेशबहादुर अझै सुनाउँछन् । कर्मचारीले नाम नै नबुझेपछि ‘लक्ष्मी मिठाइ भण्डार’को नाममा वैधानिक रुपले सुरु भएको उद्योेग नै अहिलेको लक्ष्मी हाउस भएको हो । मिठाइ उद्योग चल्यो । २०३० देखि २०४२ सम्म आइपुग्दा बुद्धिबहादुर÷गणेशबहादुरले लक्ष्मी सोप एन्ड केमिकल इन्डस्ट्रिजबाट लक्ष्मी सोप साबुन उत्पादन गरे ।

लक्ष्मी सफ्ट ड्रिक्स उद्योग खोलेर लेमना ब्रान्डको पेय निकाले । तर, ती दुवैमा सफलता मिलेन । मिठाइले चाहिँ उनीहरुलाई धोका दिएन । आध्यात्मिक भएकाले लक्ष्मीलाई आफ्नो ब्रान्ड बनाएको बताउने गणेश आफैं अध्यक्ष रहेको लक्ष्मी हाउसको छानामुनि सुजल फुड्स, सुजल फुड्स डेरी डिभिजन, लक्ष्मी कन्फेक्सनरी, जया कन्फेक्सनरी, सुजल प्लास्टिक, जयमा लक्ष्मी इन्टरनेसनल प्रालि, जया प्याकेजिङ, लक्ष्मी इन्टरकन्टिनेन्टल (हुन्डाइ गाडीको आधिकारिक बिक्रेता र नेपालीउ त्पादक), लक्ष्मी स्टिल लगायतका उद्योगधन्दा छन् ।

पोखराबाट उदाएको र देशकै अंग्रणी औद्योगिक घराना बनेको लक्ष्मी हाउस हाँँक्नका लागि तेस्रो पुस्ता तयार भइसकेको छ । नेतादेखि कर्मचारी र हुनेखानेका छोराछोरीले विदेशको बाटो तताइरहेको बेला बुद्धि र गणेशबहादुरका नातिहरू भने स्वदेशमै भाग्य अज्माइरहेका छन् ।

गणेशबहादुरका अनुसार विदेशमा पढेका नाति–नातिनाले पढाइ अनुसारको काम थालिसकेका छन् । ‘हामी दुई भाइका ८ जना नाति–नातिना (सुजल, सुलभ, सुव्रत, अनुभव, अनुकूल, निश्चय, स्वान्ती र अक्षता) छन् । एउटी नातिनी यहीँ पढ्दै छिन् । ७ जना बाहिर पढेका । कोही अमेरिका, कोही सिंगापुर पढेका । सबै विदेश पढेर पनि फर्केर आएका छन् । यही ग्रुपमा आएर हामीलाई सघाइरहेका छन् । अहिले हामीले उद्योगसँगै नातिहरूलाई एउटा नातिलाई ट्रेडिङ बिजनेस कस्तो हुन्छ भन्ने बुझ्नका निम्ति खटाएका छौँ । पहिला हामी दुई भाइले उद्योग सुरु गर्दा पनि हामीले जेरूजति कमाइ गरेका थियौँ, उद्योगमै लगानी गरेका छौँ,’ गणेशबहादुर भन्छन्, ‘केही पैसाले घर बनाएको होला, गाडी चढेको भनेको होला । त्यो सापेक्षिक आवश्यकता हो । जति कमाइ हुन्छ, उद्योगमा लगाऊ । उद्योगज स्तो अरु केही छैन । तर, एउटै उद्योग नगर । भेराइटीहरु बनाऊ, डाइभर्सीफाइड गर ।’

गणेशका अनुसार नातिनीहरू स्वान्ती र अक्षताले चाहिँ उद्योगलाई चाहिने वातावरण विज्ञान पढेका हुन् । अघिल्लो वर्षको जेनजी आन्दोलनलाई नजिकबाट नियालेका गणेशबहादुर युवरुको पलायनबाट चिन्तित छन् । उद्योग, व्यवसायमा युवाले हात नहालेसम्म देश समृद्ध नहुने उनको धारणा छ । ‘उद्योगमा पनि पुस्तान्तरण हुनुपर्छ । नयाँ दिमागले नयाँ काम गर्छ । रिक्स बढी मोल्छ,’ उनी भन्छन्, ‘वातावरणचाहिँ सरकारले बनाइदिनुपर्छ । हामीले दरिद्रताले पिल्सिएर नगरी नहुने भएर उद्योगमा हात हालेको हो । वातावरण नै भएन भने अहिलेका केटाहरुले कहाँ गर्छन् ?’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->