शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

विजयपुर खोलामा बेपत्ता दुई बालकमध्ये एकको शव फेला

विजयपुर खोलामा बेपत्ता दुई बालकमध्ये एकको शव फेला


  • ढाेरपाटन संवाददाता
  • भाद्र २ २०८३, मंगलबार

पोखरा / पोखरा महानगरपालिका–२६ सक्नेरीस्थित विजयपुर खोला तर्ने क्रममा बेपत्ता भएका दुई बालकमध्ये एकजनाको शव फेला परेको छ।

गत साउन ३० गते विजयपुर खोला तर्ने क्रममा पोखरा–१४ का १४ वर्षीय निक्सन गुरुङ र १५ वर्षीय ओमन राईलाई खोलाले बगाएको थियो। त्यसयता नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको संयुक्त टोलीले खोजी गरिरहेको थियो।

मंगलबार दिउँसो पोखरा महानगरपालिका–१४ चाउथे, गोरखा भिलेज पछाडि विजयपुर खोलामा मानिसको हात देखिएको सूचना प्राप्त भएपछि सुरक्षाकर्मीको संयुक्त टोली घटनास्थल पुगेको थियो। गोताखोरसहितको टोलीले खोजी गर्ने क्रममा दिउँसो १ः३५ बजे खोलाबाट शव बाहिर निकालेको हो।

फेला परेको शव पोखरा–१४ छिनेडाँडा आर्मी पल्टनिङमा बस्ने १४ वर्षीय निक्सन गुरुङको रहेको उनका हजुरबुबा फत्तबहादुर गुरुङले सनाखत गरेका छन्। शव घटनास्थलभन्दा करिब १.५ किलोमिटर तल भत्किएको पर्खालको रडभित्र फेला परेको प्रहरीले जनाएको छ। शव बाहिर निकाल्न एक्साभेटरसमेत प्रयोग गरिएको थियो।

अर्का बेपत्ता बालक १५ वर्षीय ओमन राईको भने हालसम्म अवस्था पत्ता लाग्न सकेको छैन। उनको खोजीका लागि सुरक्षाकर्मीको टोलीले विजयपुर खोला आसपासमा खोज तथा उद्धार कार्य जारी राखेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण हेडक्वार्टर कालिका, कास्कीका अनुसार उनीहरूको खोजी तथा उद्धारका लागि मंगलबार सशस्त्र प्रहरी निरीक्षक साजन श्रेष्ठको नेतृत्वमा तीन गोताखोरसहित ११ जनाको टोली परिचालन गरिएको थियो ।

टोली बिहान ९ः५५ बजे आवश्यक खोज तथा उद्धार सामग्रीसहित घटनास्थलतर्फ गएको थियो । बिहान ११ः१५ बजे घटनास्थलभन्दा करिब १५० मिटर तल राेप रेस्क्युु विधि प्रयोग गरी सशस्त्र प्रहरी हवल्दार सूर्यबहादुर थापा र सहायक हवल्दार किरण सुवेदी करिब ६०–७० मिटर गहिरो खोँचमा पुगेर खोजी थालेका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->