बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सिटीवान टेलिभिजनले तीज गीत मेला

सिटीवान टेलिभिजनले तीज गीत मेला


  • ढाेरपाटन संवाददाता
  • भाद्र २ २०८३, मंगलबार

पोखरा / पोखरामा मुख्य कार्यालय रहेको सिटीवान टेलिभिजनले महिलाहरुको महान चाड तीजलाई मध्यनजर गर्दै यसवर्ष पनि सांस्कृतिक तीज गीत प्रतियोगिता आयोजना गर्ने भएको छ । ‘तीजको वेला सिटीवानको सास्कृतीक मेला, प्रदेश स्तरीय पाँचौ खुल्ला तीज गीत प्रतियोगिता–२०८३’ नाममा टेलिभिजनले तीजका सांस्कृतीक पक्षहरुको संरक्षण गर्ने उद्धेश्यले मेला आयोजना गरेको टेलिभिजनले जनाएको हो ।

टेलिभिजनका प्रवन्ध निर्देशक अनिशा श्रेष्ठले पछिल्लो समयमा डिजिटल प्रविधिको प्रयोगका कारण नेपालीहरुका कतिपय संस्कृतीहरु लोप हुन लागेको भन्दै सवैको संस्कृती संरक्षणमा टेलिभिजन लाग्ने धारणा राखिन् । मेलाको पहिलो, दोस्रो, तेस्रो र चौथो सस्करणको अपार सफलतापछि यही भाद्र २३ र २४ गते गण्डकी प्रज्ञा प्रतिष्ठानमा हुने छ । मेला कार्यक्रम विहान ९ वजे देखि सञ्चालन हुने कार्यक्रम संयोजक शुष्मा थापा पाण्डेले जानकारी दिईन् ।

प्रतियोगितामा विशुद्ध नेपाली तीज प्रचलनका गीत र परिवेशलाई मान्यता दिदै तीजलाई तीज जसरी नै मनाउन मेला आयोजना गरिएको प्रवन्ध निर्देशक श्रेष्ठको भनाई छ । उनले भनिन्, ‘सिटीवानले हिन्दु नेपाली महिलाहरुले मनाउने तीज कस्तो हुनु पर्छ, दर संस्कृति के हो आदि विषयमा जानकारी दिदै हामीले प्रत्येक वर्ष मेला आयोजना गर्ने लक्ष्यका साथ पाँचौं सस्करणको मेला संचालन गर्न लागेका हौं ।’

करिव ६० समुहको सहभागिता रहने अनुमान गरिएको प्रतियोगितामा समाज परिवर्तमा महिलाको भूमिका, महिला हिसां, पर्यटन प्रर्बदन, सरसफाइ, विमा तथा बैदेशिक रोजगार, उधमशिलता, शिक्षाको महत्व, स्थानीय सरकार तथा लागु पदार्थ दुब्र्यसनी, खानेपानी तथा उर्जा, वैक तथा वित्तिय सचेतना, स्वास्थ्य सचेतना जस्ता वर्तमान र उहिलेका सामाजिक बिषयलाइ प्राथमिकतामा राखेर आयोजना गरिने भएको छ ।

भदौको २३ र २४ गते गण्डकी प्रज्ञा प्रतिष्ठानको सभाहलमा हुने कार्यक्रममा प्रथम पुरस्कार ५० हजार, द्धितिय पुरस्कार ३० हजार, तृतिय पुरस्कार २० हजार, शान्त्वना पुरस्कार १० हजार, उत्कृष्ट नृत्य ५ हजार, उत्कृष्ट भेषभुसा ५ हजार, उत्कृष्ट शव्द ५ हजार रहेको छ ।

टेलिभिजनका अध्यक्ष पवन कुमार प्रजापतीले पछिल्लो अवस्थामा तीज संस्कृतिको लोप हुन लागेको भन्दै मेला आयोजना गर्न लागेको जानकारी दिए । उनले टेलिभिजन स्थापना पनि राजनीति भन्दा माथि उठेर समाजको आर्थिक, सामाजिक र सांस्कृतिका उन्नतीका लागि सहकार्य गर्ने मुख्य उद्धेश्य रहेको बताए । उनले भने, ‘गण्डकी प्रदेशमा सञ्चालन भएको टेलिभिजनले नेपालका विभिन्न संस्कृतिको संरक्षण र जर्गेना गर्दै समाजका हरेक उत्कृष्ट विषयहरुलाई आफ्नो विषय वनाएर सार्वजनिक कार्यक्रमहरु पनि आयोजना गर्ने उद्धेश्य लिएको छ ।’

मेलाको अवसरमा तीज संस्कृति र आजको आवश्यकता शीर्षकमा प्रदेश स्तरीय राउण्ड टेवल कार्यक्रम संचालन गर्ने पनि अध्यक्ष प्रजापतीले जानकारी दिए । कार्यक्रम सम्पन्न गर्न १६ लाख ५० हजार खर्च हुने आयोजकको अनुमान रहेको छ भने सहभागी समुहलाई निशुल्क टिम दर्ताको आव्हान पनि गरिएको छ । टिम दर्ता यहि भाद्र १५ गते भित्र गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->