शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

दुई सातादेखि बेपत्ता किशोरी मृत फेला

दुई सातादेखि बेपत्ता किशोरी मृत फेला


  • ढाेरपाटन संवाददाता
  • भाद्र २ २०८३, मंगलबार

बागलुङ/दुई सातादेखि बेपत्ता एक किशोरी मृत अवस्थामा फेला परेकी छिन् । गत साउन १९ गतेदेखि बेपत्ता भएकी ढोरपाटन नगरपालिका वडा नं. ९ बोबाङकी २१ वर्षिय तपस्या विक खोलामा मृत फेला परेकी हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा आमाबुबालाई सम्बोधन गरी ‘असल छोरी बन्न नसकेको र अर्काे जुनीमा असल छोरी भएर जन्म लिने’ लेख्दै घरबाट बेपत्ता विक मंगलबार दिउँसो ढोरपाटन नगरपालिका वडा नं. ७ धारबोटस्थित खोलामा मृत फेला परेको इलाका प्रहरी कार्यालय बुर्तिवाङले जानकारी दिएको छ ।

बाटोमा हिंड्ने क्रममा स्थानीय खिमबहादुर विकले खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय बुर्तिबाङको टोलीले शवलाई पोष्टमार्टमको लागि बुर्तिवाङ जिल्ला अस्पतालमा पठाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक रामेश्वर त्वातीले जानकारी दिए ।

शव सडिसकेकाले विक मृत्युको कारण पोस्टमार्टम रिपोर्टपछि मात्रै खुल्ने त्वातीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->