शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३
  • ५ भाद्र २०८३ , शुक्रबार
  • August 21 2026

भैरवस्थानमा हरेलो मेला

भैरवस्थानमा हरेलो मेला

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले भने, ‘हामीले गर्नुपर्ने सहयोगका लागि तयार छौं, राज्यको नीति र कार्यक्रम यस्ता क्षेत्रको प्रवर्धनका लागि आउनुपर्छ ।’


  • ढोरपाटन संवाददाता
  • भाद्र ३ २०८३, बुधबार

बागलुङ/भदौको पहिलो मंगलबार बागलुङ नगरपालिका वडा नं. १२ स्थित प्रसिद्व कालभैरव मन्दिरमा हरेलो मेलाको रौनक देखियो । नाग पञ्चमी पछिको पहिलो मंगलबार हरेलो गर्ने परम्परा छ ।

हरेलो केही वर्षदेखि संस्थागत रुपमा आयोजना गर्ने गरिएको छ । बलेवा भैरव मन्दिर व्यवस्थापन समितिको आयोजनामा भएको मेलामा नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले धार्मिक तथा पर्यटकीय महत्वका क्षेत्रमा राज्यले बनाएका योजना पूरा गर्न निजी क्षेत्रले साथ दिने बताए ।

उनले चर्चामा रहेको केबलकार परियोजनादेखि धार्मिक क्षेत्रका अरु परियोजनामा लगानीगर्न निजी क्षेत्र तयार रहेको बताए । ‘हामीले गर्नुपर्ने सहयोगका लागि तयार छौं, राज्यको नीति र कार्यक्रम यस्ता क्षेत्रको प्रवर्धनका लागि आउनुपर्छ’, उनले भने । ढकालले महासंघको अध्यक्ष भएको बेला इन्भेस्टमेन्ट कम्पनीमार्फत कोष बनाउन थालनी गरेका थिए ।

उनले युवा विदेश जान नपर्ने गरी पर्यटनका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए । बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले नगरको विकासका लागि स्थानीय उत्पादन र पर्यटन प्रवर्धन नै प्रमुख रहेको बताए । नगरभित्रका प्रमुख पर्यटकीय गन्तव्यको प्रचारका लागि क्युआर कोडमार्फत जानकारी पाउने व्यवस्था पनि भएको उनले जानकारी गराए ।

भैरवस्थान मन्दिर व्यवस्थापन समिति तथा हरेलो मेला आयोजक समिति अध्यक्ष ज्ञानेन्द्र ढकालको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार कृष्ण अखेली, कोषाध्यक्ष चन्द्रबहादुर केसी, जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा, बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का, बागलुङ नगरपालिका वडा नं. १३ का अध्यक्ष नारायण शर्मा पौडेल लगायतले बोलेका थिए ।

मेलामा तरबार नाँच, विभिन्न लोकगीत, भजन चुड्कासमेत प्रस्तुत गरिएको थियो । बाली लगाईसकेपछि रोग, कीराबाट बचाउन हरेलो गर्ने चलन रहेकोमा त्यसलाई अहिले मेलाको स्वरुप दिइएको छ । यहाँ भौतिक संरचना निर्माण, सुरक्षा प्रबन्ध र पूजा व्यवस्थापनका लागि काम भएका छ । मेलामा ८ लाख ८० रुपैयाँ खर्च हुने कोषाध्यक्ष चन्द्रबहादुर खत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->