शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३
  • ५ भाद्र २०८३ , शुक्रबार
  • August 21 2026

भारतीय सेना प्रमुखले पोखरामा भेटे भूपू सैनिक र उनका परिवारजन

भारतीय सेना प्रमुखले पोखरामा भेटे भूपू सैनिक र उनका परिवारजन


  • ढाेरपाटन संवाददाता
  • भाद्र ३ २०८३, बुधबार

पोखरा / भारतीय स्थल सेना प्रमुख जनरल धिरज सेठले पोखरामा आज भारतीय भूतपूर्व सैनिक र उनीहरुका परिवारसंग भेटघाट गरेका छन् ।

पोखराको रामबजारस्थित भारतीय पेन्सन क्याम्पमा आयोजित कार्यक्रममा सेठले भेटघाट गर्दै भूपू सैनिकको हालखबर बुझ्दै उत्साह थप्ने काम गरेका थिए । उक्त अवसरमा भूपू सैनिक र उनीहरुका परिवारजनलाई सम्बोधन गर्दै सेठले नेपाली गोर्खा फौजको बलिदान र बहादुरताका साथ उत्कृष्ट विरता प्रदर्शन गरेकोमा प्रसंशा गर्दै यसले आफु गौरवान्वित भएको बताए ।

उनले भूपू सैनिकको योगदानको कदर गर्दै सक्दो सहयोग गर्ने बताए । उक्त अवसरमा सेठले विभिन्न लडाईका दौरानमा अपांग तथा घाइते हुन पुगेकालाई अपांगमैत्री स्कुटरलगायत विभिन्न पदक वितरण समेत गरे । भारतीय सेना प्रमुख सेठ श्रीमती र काठमाडौंस्थित भारतीय दुतावासका केही उच्च पदाधिकारीका साथ आजै विहान पोखरा आएका थिए । उनी आजै काठमाडौं फर्किन लागेका छन् ।

पोखरामा केही दिनअघि मात्रै अग्निपथ अन्तर्गत अग्निवीर भर्तीमा सहभागी हुन पाउने भन्दै भूपू सैनिकहरुले प्रदर्शन गरेका थिए । प्रदर्शनलगत्तै भारतीय सेना प्रमुख पोखरा आउनुलाई भारतीय भूपू सैनिक र उनीहरुका परिवारले चासोका साथ हेरेका छन् ।

भारतीय पेन्सन क्याम्प पोखराबाट पेन्सन बुझ्ने भूपू सैनिक र परिवार गरेर ६४ हजार जना रहेका छन् । आजको कार्यक्रममा करीव २ हजार जना सहभागि भएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->