शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३
  • ५ भाद्र २०८३ , शुक्रबार
  • August 21 2026

बुर्तिबाङमा चितुवाको आक्रमणबाट एक घाईते

बुर्तिबाङमा चितुवाको आक्रमणबाट एक घाईते


  • ढाेरपाटन संवाददाता
  • भाद्र ३ २०८३, बुधबार

खर्वाङ (बागलुङ)/  ढोरपाटन नगरपालिका– १ बुर्तिबाङ भगवति टोलमा चितुवाको आक्रमणबाट एक जना घाईते भएका छन ।

आज विहान चितुवाको आक्रमणबाट स्थानिय ६५ वर्षिय लालेन्द्र कुमार पुन घाईते भएका वडाध्यक्ष बान बहादुर छन्त्यालले जानकारी दिए । उनको हातमा चितुवाले आक्रमण गरेको र अबस्था समान्य रहेको उनले बताए ।

आज विहान स्थानिय धुर्व श्रेष्ठको खोरमा रहेका खरायो मारेपछि स्थायिनले चितुवा लखेटेका थिए । अहिले चितुवा घाईते लालेन्द्र कुमार पुनकै घरमा स्थानियले थुनेर राखेका छन् ।  पुनको घरमा थुनेर राखिएको चितुवा उद्धार गर्न सव डिभिजन वन कार्यालय बुर्तिबाङका प्रमुख सारिका लामिछाने सहित जिल्ला र प्रदेश वन कार्यालयको टोलि घटनास्थल जाँदै छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->