शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३
  • ५ भाद्र २०८३ , शुक्रबार
  • August 21 2026

लयमा फर्किदै पोखरा बचत

लयमा फर्किदै पोखरा बचत


  • ढोरपाटन संवाददाता
  • भाद्र ४ २०८३, बिहिबार

पोखरा/पोखरा–९, नयाँबजार स्थित पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कारोबार विस्तारै लयमा फर्किएको छ । २०८२ असारसम्म संस्थामा ४१ करोड ३९ लाख बचत रहेको २०८३ साउन मसान्तमा २६ करोड २९ लाख रुपैयाँमात्र बचत बाँकी छ ।

२०६८ वैसाख १२ गते स्थापना भएको पोखरा बचतमा हाल ६ सय ८० सेयर सदस्य छन् । गएको वर्ष सहकारीले आफ्ना सेयर सदस्यलाई १५ करोड १० लाख रुपैयाँ बचत फिर्ता गरेको छ । संस्थाका अध्यक्षसुरेन्द्रबहादुर गोदारले विभिन्न ऋणीसदस्यबाट कर्जा असुलगरी सोही रकमबाट बचत फिर्ता एवं मिलान गरिएको हो ।

संस्थाले बचत खातामा एक लाखभन्दा कम मौज्दातरहेका सेयरसदस्यहरुको सम्पूर्ण बचत फिर्ता गर्नका लागिसूचना जारी गर्दै आएको छ । अब त्यस्ता २ सय १७ जनामात्र बचतकर्ताबाँकी छन् ।

२०८२ असार मसान्तसम्म सदस्यलाई५४ करोड ६५ लाख रुपैयाँ कर्जा लगानी गरेकोमा २०८३ साउनमसान्तसम्ममा १८ करोड ९८ लाख रुपैयाँअसुली गरी ३५ करोड ६७ लाख रुपैयाँमात्र लगानीमा छ । संस्थाले विभिन्न ऋणीले कर्जा लगानी गर्दा धितो सुरक्षणबापत संस्थामादृष्टिबन्धक लिखत पारित गराई राखेका१२ करोड बराबर बराबरको गैर बैकिङ सम्पत्ति संस्थामा भएको र आगामी दिनमा आवश्यकता अनुसारसोही चल–अचल सम्पत्ति इच्छुक बचतकर्ता एवम् अन्य व्यक्तिलाई बिक्री गरी बाँकी रहेको बचत रकमसमेत सम्बन्धित फिर्ता गर्ने योजना बनाएको छ ।

०८२÷०८३ मा संस्थाको कुल वाह्य कर्जा सापटी ६ करोड ९३ लाख रुपैयाँ रहेकोमा हाल ३ करोड ४० लाखमा संकुचित भएको छ ।सहकारी संस्थामा विगत केही समयअघि वित्तीय तरलताका कारण असहज परिस्थितिसिर्जना भएकोमा नियामक निकाय, स्थानीय प्रशासन, सर्वाधिकार सम्पन्न विशेष समितिका संयोजकगञ्जमान गुरुङकासाथै सल्लाहकार किरण श्रेष्ठको सहयोगमा संस्थाले कर्जा असुलीमा बिशेष जोड दिएको छ ।

यही भदौ२० गते संस्थाको २७औं वार्षिक साधारणसभा गरी यही वर्षभित्रबचतकर्ताको माग बमोजिम बचतव्यवस्थापन गरी नियमित कारोबार गर्ने योजना रहेको संस्थाका अध्यक्ष गोदारले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->