पोखरा / अत्याधिक मदिरा सेवन गरी घरबाट निस्किएकी पोखरा–२५ हेमजा फुर्केटारीकी ४३ वर्षीया धनमाया बिक विहीबार मृत भेटिएकी छन् । उनी साउन २९ गते साँझ ७ बजेको समयमा घरबाट निस्किएकी थिइन् ।
घरबाट निस्केर हिडेपछि आफन्त र प्रहरीले खोज्दै जाने क्रममा आज विहान ११ बजेको समयमा पोखरा–२५ घट्टेखोला किनारको खोचमा पानी भित्र बिकको शव भेटिएको हो । बिकका श्रीमान् झकबहादुर बिकले दिउँसो शवको सनाखत गरेको प्रहरीले जनाएको छ ।
खोजी गर्ने क्रममा साउन ३० मा घट्टेखोला किनारमा उनले ओढ्ने रातो पछ्यौरा भेटिएको थियो । बिकको शव अहिले पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ ।





