बागलुङ/लियो क्लब अफ बागलुङ पिस टाउनको ‘चार्टर डे’को अवसरमा लायन्स क्लब अफ बागलुङ पिस टाउन र लियो क्लब अफ बागलुङ पिस टाउनले कुकुर सेल्टरलाई खाद्यान्न सहयोग गरेर ‘तेस्रो चार्टर डे’ मनाएका छन् ।
लायन्स डिस्ट्रीक ३२५ जे नेपालका डिस्ट्रीक एड्भाइजर एब लियो एड्भाइजर तुलसी रेग्मी, लायन्स क्लब अफ बागलुङ पिस टाउनका तेस्रो उपाध्यक्ष ज्योति केसी विस्ट, लियो डिस्ट्रीक ३२५ जे नेपालका चिफ रिजन को–ओर्डिनेटर किरण रेग्मी, रिजन धौलागिरीका रिजन को–ओर्डिनेटर योगराज कँडेल, लियो क्लब अफ बागलुङ पिस टाउनका अध्यक्ष प्रमिला कँडेलले बागलुङ नगरपालिका पशुसेवा शाखाका प्रमुख मित्रलाल सापकोटालाई खाद्यान्न हस्तारण गरेका हुन् ।
लियो अध्यक्ष कँडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि रेग्मीले पशु संरक्षण तथा व्यवस्थापनमा समुदाय, स्थानीय सरकार र सामाजिक संस्थाबीच सहकार्य आवश्यक रहेको बताएका थिए ।
नगरपालिकाले सञ्चालन गरेको कुकुर सेल्टरले छाडा तथा असहाय सामुदायिक कुकुरको व्यवस्थापनमा सहयोग पुग्ने हेतुले क्लबको विशेष दिनमा सक्दो सहयोग गर्दा खुसी महसुस भएको लियो अध्यक्ष कँडेलले बताइन् ।





