शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३
  • ५ भाद्र २०८३ , शुक्रबार
  • August 21 2026

दुवईमा लोकप्रिय बन्दै काजी इभेन्ट्स

दुवईमा लोकप्रिय बन्दै काजी इभेन्ट्स


  • ढाेरपाटन संवाददाता
  • भाद्र ४ २०८३, बिहिबार

पोखरा / गायक विवस जेकेको सांगीतिक प्रस्तुति आगामी अगस्ट २९ मा संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा हुने भएको छ ।
‘युएई टुर’ अन्तर्गत हुन लागेको उक्त विशेष सांगीतिक कार्यक्रम दुबईस्थित क्लब याक एन्ड यती एभरेस्टमा आयोजना हुन लागेको हो ।

काजी इन्टरटेनमेन्टको प्रस्तुतिमा हुन लागेको उक्त सांगीतिक साँझमा दर्शक तथा संगीतप्रेमीहरूका लागि प्रवेश निःशुल्क गराइएको इभेन्ट संयोजक नविन सुनारले जानकारी दिए । कार्यक्रममा डिजेका रूपमा भिडिजे विजयको सांगीतिक प्रस्तुति रहनेछ ।

युएईमा रहेका नेपाली श्रोता तथा दर्शकहरूलाई नेपाली संगीतका माध्यमबाट मनोरञ्जन प्रदान गर्ने र सांगीतिक माहौल सिर्जना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

लामो समयदेखी युएइमा बस्दै आएका काजी इभेन्ट्सका संस्थापक भुवनजंग थापाले रोजगारका लागि युएईमा रहेका नेपालीका लागि नेपाली कलाकारको प्रस्तुति दिएर मनोरञ्जन दिनु नै प्रमुख उदेश्य रहेको बताए । साथै नेपाली प्रतिभावान कलाकारहरुलाई समेत विदेश भ्रमणको अवसर कार्यक्रमले दिएको उनको भनाइ छ ।

काजी इभेन्ट्सले युएइमा वार्षिक क्यालेन्डर बनाएर विभिन्न कार्यक्रमहरुको आयोजना गरिरहेको छ । कार्यक्रमको मार्केटिङ पार्टनरका रूपमा नेपाली इभेन्ट्स रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->