पोखरा/प्रधानमन्त्री बालेन्द्र शाह आज (शुक्रबार) मुक्तिनाथमा पुजाआजको लागि मुस्ताङ जाने भएका छन्। प्रधानमन्त्री शाह पोखरा विमानस्थल भएर मुस्ताङ जाने उनी निकट श्रोतले बताएका छन् । उनको यो यात्राको वारेमा सरकारी तहबाट भने कुनै जानकारी गराइएको छैन् । प्रधानमन्त्रीसँग उनका केही सल्लाहकार र सहयोगीसमेत मुस्ताङ जाने तयारीमा रहेको बताइएको छ। यद्यपि, उनी कतिबेला त्यसतर्फ प्रस्थान गर्ने भन्नेबारे जानकारी दिइएको छैन।





