शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३
  • ५ भाद्र २०८३ , शुक्रबार
  • August 21 2026

पोउवासंघ अधिवेशन : सदस्यका उम्मेदवारले बनाए प्यानल

पोउवासंघ अधिवेशन : सदस्यका उम्मेदवारले बनाए प्यानल


  • ढोरपाटन संवाददाता
  • भाद्र ५ २०८३, शुक्रबार

पोखरा/पोखरा उद्योग वाणिज्य संघको महाधिवेशनमा सदस्यका १० उमेदवारहरु एक भएर जाने भएका छन् । आसन्न पोखरा उद्योग वाणिज्य संघको ७२औँ अधिवेशन तथा ३६औँ महाधिवेशनमा सदस्यका १० आकाक्षी उमेदवारहरु एक भएर जाने निर्णय गरेका हुन् ।

‘अध्यक्षहरुको प्यानल भएन । हामी सदस्यहरु भने एक भएर जाने भएका छौं । पछि कसलाई समर्थन गर्ने भन्ने सोचौला तर, अहिलेलाइ हामी एक भएर हिडेका हौं’ एक सदस्यका उम्मेदवारले भने । उनका अनुसार १० जना निर्वाचित हुने व्यवस्था रहेकोमा ८ जना पुराना कार्यसमितिकै र २ जना नयाँ रहेको समेत जानकारी गराए ।

कार्यसमिति सदस्य पदका उमेदवारहरु अमृत पोखरेल, सुर्यराज घिमिरे (सुरेश), दुर्गा बराल, नविन नापित, मनोहरि पौडेल, राम कँडेल, दुधमान गुरुङ (आशिष), कमल बहादुर सुनार, एक नारायण गौतम, भानुभक्त अधिकारी संयुक्त रुपमा जाने भएका हुन् । उनीहरुद्धारा जारी विज्ञप्तिमा भनिएको छ ‘आम पोखरेली उद्योगी, व्यवसायीहरुको चाहना अनुसार पोखरा उद्योग वाणिज्य संघको भदौ २० र २१ गते सम्पन्न हुने ३६औँ महाधिवेशनमा हामी सदस्यका उमेदवारहरु एकाकार भएर अध्यक्ष तथा पदाधिकारीहरुको साझा उमेदवारको रुपमा भई प्रतिस्पर्धा गर्ने निर्णय गरियो ।’

विज्ञप्तिमा भनिएको छ निर्वाचन जित्नेमात्र नभई पोखरा उद्योग वाणिज्य संघलाई अझ बलियो, एकताबद्ध र प्रभावकारी संस्थाका रूपमा अघि बढाउने उद्देश्यका साथ निर्वाचन पश्चात् समेत आपसी सहकार्यलाई निरन्तरता दिने निर्णय गर्दे निर्वाचनका लागि साझा घोषणापत्र, एउटै एजेन्डा र स्पष्ट सन्देश तयार गरी संघका सम्पूर्ण सदस्यहरूसँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गर्ने निर्णय समेत गरीएको जनाइएको छ ।

पोखरा उधोग वाणिज्य संघको निर्वाचन तालिका अनुसार भदौ ५ गते उमेदवारको मनोनयन पत्र वितरण हुनेछ भने ८ गते उमेदवारले मनोनयन पत्र दाखिला गर्नुपर्नेछ । सोहि दिन उमेदवारको नामावली प्रकासन हुनेछ ।

२०११ सालमा अमृतप्रसाद शेरचनको अध्यक्षतामा स्थापना भएको पोखराको जेठो सामाजिक संस्था संघमा हाल २ हजार ७ सय ३१ सदस्य आबद्ध छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->