शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३
  • ५ भाद्र २०८३ , शुक्रबार
  • August 21 2026

पोखरा उद्योग वाणिज्य संघमा शोभा गौतमको नेतृत्वमा प्यानल घोषणा

पोखरा उद्योग वाणिज्य संघमा शोभा गौतमको नेतृत्वमा प्यानल घोषणा


  • ढाेरपाटन संवाददाता
  • भाद्र ५ २०८३, शुक्रबार

पोखरा/  पोखरा उद्योग वाणिज्य संघको आगामी ७२ औं अधिवेशन तथा ३६ औँ महाधिवेशनका लागि शोभा गौतमको नेतृत्वमा उम्मेदवार प्यानल घोषणा गरिएको छ । गौतमले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै समावेशी, पारदर्शी र व्यवसायीमैत्री नेतृत्व दिने प्रतिबद्धता जनाएकी छन् ।

‘समावेशी टिम, चुस्त नेतृत्व–सबै संघ, समृद्ध पोखरा’ भन्ने नारासहित सार्वजनिक गरिएको टोलीले उद्योगी–व्यवसायीका वास्तविक समस्या समाधानलाई प्राथमिकतामा राख्ने जनाएको छ । टोलीमा वरिष्ठ उपाध्यक्षमा टीकाराम सुवेदी, उद्योग उपाध्यक्षमा सौगात थापा र वाणिज्य उपाध्यक्षमा भीम गौतम उम्मेदवार छन् ।

त्यस्तै महासचिवमा तारानाथ ढुंगाना, कोषाध्यक्षमा जीवनप्रकाश श्रेष्ठ र उपमहासचिवमा यादव पोखरेललाई उम्मेदवार बनाइएको छ ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक घोषणापत्रमा स्थानीय उत्पादन, स्थानीय उद्यम र स्थानीय बजारलाई प्राथमिकता दिने, युवा तथा महिला उद्यमशीलतालाई प्रवद्र्धन गर्ने तथा लगानीमैत्री वातावरण निर्माणका लागि सरकारसँग प्रभावकारी पहल गर्ने विषयलाई जोड दिइएको छ ।

गौतम नेतृत्वको टोलीले पोखराको पर्यटन तथा आर्थिक सम्भावनालाई उद्योग–व्यवसायसँग जोड्ने, संघलाई प्रविधिमैत्री र पारदर्शी बनाउने तथा साना, मझौला र ठूला सबै व्यवसायीको साझा आवाजका रूपमा स्थापित गर्ने प्रतिबद्धता जनाएको छ ।

पोखरा उद्योग वाणिज्य संघको ३६ औँ महाधिवेशन भदौ २० र २१ गते हुँदैछ । गौतम निर्वाचित भए संघको इतिहासमा पहिलो महिला अध्यक्ष बन्ने अवसर प्राप्त गर्नेछिन् । उनी हाल संघको महासचिव छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->