बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

सेती नदीको भिरमा अड्किएका युवकको उद्धार

सेती नदीको भिरमा अड्किएका युवकको उद्धार


  • ढाेरपाटन संवाददाता
  • भाद्र ५ २०८३, शुक्रबार

पोखरा/ पोखरा महानगरपालिका–९ शान्तिवन रामघाटस्थित सेती नदीको भिरबाट खसेर अड्किएका एक युवकको प्रहरीले उद्धार गरेको छ।

बिहीबार बिहान करिब ६ः०५ बजे झन्डै २५ देखि ३० मिटर तल भिरमा एक पुरुष अड्किएको सूचना प्रहरीले प्राप्त गरेको थियो। सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय कास्की र सीआरभी पृथ्वीचोकबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरी टोलीले भिरमा अड्किएका युवकलाई सकुशल उद्धार गरी उपचारका लागि पश्चिमाञ्चाल क्षेत्रीय अस्पताल पोखरा पठाएको थियो। उद्धार गरिएका युवक रुपन्देहीको बुटवल उपमहानगरपालिका–९ घर भई हाल पोखरा–९ पृथ्वीचोक बस्दै आएका २८ वर्षीय अनिल परियार रहेको प्रहरीले जनाएको छ।

उपचारपछि परियार बोल्न सक्ने अवस्थामा रहेका छन्। उनको स्वास्थ्य अवस्था मध्यम रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->