शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३
  • ५ भाद्र २०८३ , शुक्रबार
  • August 21 2026

प्रदेश सभाको बैठक भदौ १० मा बस्ने, ११ गते मुख्यमन्त्रीसमक्ष प्रत्यक्ष प्रश्नोत्तर हुने

प्रदेश सभाको बैठक भदौ १० मा बस्ने, ११ गते मुख्यमन्त्रीसमक्ष प्रत्यक्ष प्रश्नोत्तर हुने


  • ढाेरपाटन संवाददाता
  • भाद्र ५ २०८३, शुक्रबार
प्रदेश सभा बैठक बस्ने नयाँ हल

पोखरा / गण्डकी प्रदेश सभाको बैठक यही भदौ १० गत दिउँसो १ बजे बस्ने भएको छ । प्रदेश सभा सचिवालयले आज सूचनामार्फत यो जानकारी दिएको हो ।

गत वर्षको जेनजी आन्दोलनका क्रममा प्रदेश सभाका सबै संरचना ध्वस्त भएपछि प्रदेशको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सभाहलमा प्रदेश सभाको बैठक बस्दै आएको थियो । अव भने प्रदेश सभा सचिवालयसंगै नवनिर्मित सभा हलमा प्रदेश सभा बैठक बस्नेछ ।

सचिवालयका अनुसार भदौ १० गते बस्ने प्रदेश सभा बैठकमा खाद्य सम्बन्धि विधेयकको प्रतिवेदन प्रस्तुत हुनेछ । यसैगरी भदौ ११ गतेका दिन मुख्यमन्त्रीसमक्ष सांसदहरुको प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम राखिएको छ । उक्त दिनको सभाको बैठकको पहिलो एक घन्टा मुख्यमन्त्रीसंग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुनेगरी सभामुख कृष्णप्रसाद धितालले समय निर्धारण गरेका छन् ।

सचिवालयले प्रत्यक्ष रुपमा मुख्यमन्त्रीलाई प्रश्न गर्न इच्छुक सांसदलाई भदौ ८ गते ५ बजेसम्म प्रश्नको विषयको लिखित जानकारी गराउन अनुरोध पनि गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->