शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३
  • ५ भाद्र २०८३ , शुक्रबार
  • August 21 2026

बागलुङमा श्रम संस्कृति पार्टीको तदर्थ समिति

बागलुङमा श्रम संस्कृति पार्टीको तदर्थ समिति


  • अनिष पाठक
  • भाद्र ५ २०८३, शुक्रबार

बागलुङ (खर्वाङ)/श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले देश निर्माणको उद्देश्यसहित अघि बढेको राजनीतिक शक्ति श्रम संस्कृति मात्रै भएको जिकिर गरेका छन् । जिल्ला तदर्थ समिति गठन गर्न बागलुङ बडिगाड–२ को डुडेवाचौरमा आएका राईले देशको विद्यमान अवस्था परिवर्तन गर्न ‘हर्कवाद’ नै अन्तिम विकल्प भएको दाबी गरे ।

“देश निर्माण गर्न नागरिकहरू एकताबद्ध भएमात्र सम्भव छ । हर्क साम्पाङले अघि सारेको अभियानलाई साथ दिनुहोस्” उनले भने । राईले भ्रष्टाचार, सहकारी ठगी तथा राष्ट्रहित विपरितका गतिविधिमा श्रम संस्कृति पार्टी संलग्न नभएको बताउँदै किसान, मजदुर, निमुखा तथा देश समृद्ध बनाउन चाहने नागरिकको साझा पार्टी श्रम संस्कृति नै भएको बताए ।

बागलुङ पश्चिमको बडिगाड गाउँपालिका–२ डुडेवाचौरमा शुक्रबार आयोजित कार्यक्रममा श्रम संस्कृतिले लालबहादुर घर्ती मगरको संयोजकत्वमा २५ सदस्यीय जिल्ला तदर्थ समिति गठन गरेको छ । समितिको उपसंयोजकमा मुकेश रोका मगर, सचिवमा अमृत पुन मगर, सहसचिवमा माया गुरुङ र मानबहादुर छन्त्याल, कोषाध्यक्षमा कृष्ण पुन रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->