पोखरा/गण्डकी प्रदेश सभाको बैठक यही भदौ १० गत दिउँसो १ बजे बस्ने भएको छ । प्रदेश सभा सचिवालयले शुक्रबार यो जानकारी दिएको हो ।
भदौ ११ गतेमुख्यमन्त्रीसमक्ष सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम राखिएको छ । उक्त दिनसभाको बैठकको पहिलो एक घन्टा मुख्यमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुनेगरी सभामुख कृष्णप्रसाद धितालले समय निर्धारण गरेका छन् ।
सचिवालयले मुख्यमन्त्रीलाई प्रश्न गर्न इच्छुक सांसदलाई भदौ ८ गते ५ बजेसम्म प्रश्नको विषयको लिखित जानकारी गराउन अनुरोध गरेको छ ।
गत वर्षको जेनजी आन्दोलनका क्रममा प्रदेश सभाका सबै संरचना ध्वस्त भएपछि प्रदेशको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सभाहलमा प्रदेश सभाको बैठक बस्दै आएको थियो । अब भने प्रदेश सभा सचिवालयसँगै नवनिर्मित सभाहलमा बैठक बस्नेछ ।
सचिवालयका अनुसार भदौ १० गते बस्ने प्रदेश सभा बैठकमा खाद्यसम्बन्धी विधेयकको प्रतिवेदन प्रस्तुत हुनेछ ।




