शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

‘मानसिक समस्या सुल्झाऊ’

‘मानसिक समस्या सुल्झाऊ’

आत्महत्या गर्नेमा १० वर्षीय बालकसहित ८५ वर्षका वृद्ध पनि छन्; बागलुङमा वर्षमा आत्महत्याका ५५ घटना भए


  • अनिष पाठक
  • भाद्र ६ २०८३, शनिबार

खर्वाङ (बागलुङ)/‘सरी मम्मी, सरी बा ! हजुरले चाहेको जस्तो छोरी बन्न सकिनँ । अब अर्को जन्ममा राम्रो छोरी बनेर जन्म लिने छु । सरी मम्मी’, गत साउन १९ गते साँझ तपस्या विकले फेसबुकमा लेखिन् । भावुक स्टाटस लेखेलगतै उनी सम्पर्कविहीन बनिन् ।

बागलुङको ढोरपाटन नगरपालिका–९, सुकुरधुङकीतपस्या मंगलबार मृत फेला परिन् । दुई सातापछि मृत भेटिएकी २१ वर्षीय तपस्याका कारण सुकुरधुङ शोकमा छ । साउन १ गते साँझ बडिगाड–१, थानका १७वर्षीय लजिन थापा साथीको जन्मदिन मनाउन घरबाट निस्किए । लजिन आठ दिनपछि मृत फेला परे ।

आइफोनको लोभमा उनको आफ्नै साथीहरुको प्रहारबाट हत्या भयो । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईंले हत्या आरोपमा लजिनका साथीहरु ददि परियार, रेमबहादुर विकसहित ४ जना पक्राउ परेको जानकारी दिए । ददिले आफ्नो फोन नराम्रो भएकाले राम्रो फोटो खिच्नका लागि आइफोन माग्ने गरेको पनि खुलेको छ ।

साउन १२ गते निसिखोला–२ तल्लोबेङ्गग्रिकी वीनिता पाण्डे घरमै मृत फेला परिन् । १७वर्षीय वीनिताले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । चञ्चले स्वभावकीवीनिताले रोजेको यस्तो कदम अप्रत्यासित र अत्यारिलो भएको उनका साथीहरु बताउँछन् ।

पछिल्लो समय ससानै कारणले आत्महत्या गर्ने र अरुको हत्या गर्ने क्रम बढेको छ । जसमा मानसिक समस्यामा परेकाहरू धेरै छन् ।सामान्य आर्थिक संकट व्यहोरेकादेखिप्रेममा धोका पछित्यस्तो घटनामा संलग्न हुनेहरु धेरै रहेको प्रहरीले जनाएको छ ।

०८२÷८३ मा मात्रै जिल्लामा आत्महत्याका ५५ घटना घटेका छन् । १० वर्षीय बालकले पनि आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले गएको वर्ष१८ वर्ष भन्दा कम उमेरका १६ जना र १८ वर्ष माथिका ३९ जनाले आत्महत्या गरेको जानकारी दिए । आत्महत्या गर्नेमा १० वर्षीय बालकसहित ८५ वर्षका वृद्ध पनि छन् ।

पत्याउनै नसक्ने गरी बालबालिकाले मृत्युको बाटो रोजेका छन् । विद्यालय तहबाटै आशा जगाउने खालका कार्यक्रम गरी घटनान्यूनीकरण गर्नुपर्ने प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्मा बताउँछिन् ।‘उत्पादनमूलक काममा लाग्नुपर्नेयुवा जमातले नै आत्महत्या गरेको देखिन्छ,’ शर्मा भन्छिन्,‘सानो समस्यामै आत्महत्यामा पुग्नेहरू बढी छन् ।’

मानसिक स्वास्थ्यबारे सचेतना अभावले पनि धेरैले ज्यान फालेको देखिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले बताए । ‘हामीले सर्ने र नसर्ने रोगको धेरै उपचार र काउन्सिलिङ ग¥यौं तर मानसिक स्वास्थ्य जटिल बनेर आएको छ,’ घिमिरेले भने, ‘विद्यालय उमेरदेखि नै मानसिक स्वास्थ्यबारे ख्याल नगरे युवाहरुमै आत्महत्या र हत्या बढ्नेखियो ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->