आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

रुपा–२, थुम्कीमा १४ गते तीजगीत प्रतियोगिता

रुपा–२, थुम्कीमा १४ गते तीजगीत प्रतियोगिता


  • Dhorpatan News
  • भाद्र ७ २०८३, आइतबार

कास्कीको रुपा गाउँपालिका वडा नम्बर २ को थुम्कीमा भदौ १४ गते आइतबार गीतगीत प्रतियोगिता हुने भएको छ । थुम्की आधारभूत स्वास्थ्य केन्द्रले वडा नम्बर २ को सहयोगमा कार्यक्रम गर्न लागेको हो ।

प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुने समूहले क्रमशः ८ हजार, ६ हजार, ४ हजार र ३ हजारका साथमा प्रमाणपत्र पाउने छन् । टिम दर्ता निशुल्क रहेको प्रतियोगितामा उत्कृष्ट नृत्य गर्नलाई पनि २ हजार पुरस्कार दिइनेछ ।

प्रतियोगितमा स्वास्थ्यबारे जनचेतनामूलक तीजगीतसहित चार जना गाउने र एक जना नाच्ने गरी पाँच जनाको समूह सहभागी हुनुपर्ने नियम छ । स्वास्थ्य केन्द्रका अध्यक्षसमेत रहेका रुपा २ का वडाध्यक्ष राजन सुवेदीले पर्वको मौलिकता संरक्षणसँगै नागरिकलाई स्वस्थ बनाउन कार्यक्रम आयोजना गरिएको जनाए ।

‘नागरिकलाई स्वास्थ एवं तन्दुरुस्त बनाउनुका साथै पर्वको मौलिकता जोगाउन प्रतियोगता आयोजना गरेका हौं,’ उनले भने । कार्यक्रममा प्रमुख वक्ताका रुपमा गाउँपालिका अध्यक्ष नवराज ओझा र प्रमुख अतिथिका रुपमा रुपा २ मा क्रियाशील राष्ट्रिय मान्यता प्राप्त सबै राजनीतिक दलका सभापति वा अध्यक्षलाई आमन्त्रण गरिएको वडाध्यक्ष सुवेदीले सुनाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->