सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

थापालाई ‘मनोहरा सिग्देल स्मृति पर्यटन पुरस्कार’

थापालाई ‘मनोहरा सिग्देल स्मृति पर्यटन पुरस्कार’


  • ढाेरपाटन संवाददाता
  • भाद्र ८ २०८३, सोमबार

पोखरा / नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीको ३१औँ वार्षिक साधारण सभा तथा १४औँ अधिवेशनको अवसरमा आगामी भदौ १० गते ‘मनोहरा सिग्देल स्मृति पर्यटन पुरस्कार’ प्रदान गरिने भएको छ।

यस वर्ष जिरो पोइन्ट ट्राभल्स एन्ड टुर्सका सिनियर टिकटिङ अफिसर सुजन थापालाई उक्त पुरस्कार प्रदान गरिने भएको हो। थापालाई रु. १० हजार नगद, प्रमाणपत्र र दोसल्लासहित सम्मान गरिनेछ।

नाट्टा गण्डकीका पूर्व अध्यक्ष सञ्जयकान्त सिग्देलले आफ्नी ममतामयी माता स्व. मनोहरा सिग्देलको स्मृतिमा स्थापना गर्नुभएको रु. १ लाख ११ हजारको अक्षयकोषबाट हरेक वर्ष नाट्टा गण्डकीका सदस्य कम्पनीहरूमध्ये लामो समयदेखि कार्यरत एक जना कर्मचारीलाई यो पुरस्कार प्रदान गरिँदै आएको छ।

नाट्टा गण्डकीका प्रथम उपाध्यक्ष राजेश पहारीको संयोजकत्वमा गठित छनोट समितिको सिफारिस तथा बोर्ड बैठकको निर्णयअनुसार यस वर्ष थापालाई पुरस्कार प्रदान गर्न लागिएको हो।

स्याङ्जा जिल्ला, पुतलीबजार नगरपालिका–७ मा जन्मे–हुर्केका थापाले सन् २०१४ मे २८ देखि जिरो पोइन्ट ट्राभल्स एन्ड टुर्समा निरन्तर तथा कुशलतापूर्वक सेवा गर्दै आएका छन्।

पर्यटन क्षेत्रमा लामो समयदेखि इमानदारी, समर्पण र निरन्तर सेवामार्फत योगदान पुर्‍याउने कर्मचारीलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापना गरिएको यस पुरस्कारबाट यसअघि देवराज देवकोटा, अशोक पौडेल, निराजन कुँवर, रामप्रसाद दुवाडी र चिरञ्जीवी काफ्ले सम्मानित भइसकेका छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->