बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

स्याङ्जामा बोलेरो दुर्घटना, दुई यात्रुको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो दुर्घटना, दुई यात्रुको मृत्यु, १० जना घाइते

प्रहरीका अनुसार गल्याङबाट साङलियातर्फ जाँदै गरेको ग १ ज ६५३४ नम्बरको बोलेरो दुर्घटना भएको हो।


  • ढोरपाटन संवाददाता
  • भाद्र ८ २०८३, सोमबार
फाइल तस्विर

स्याङ्जा /जिल्लाको गल्याङ नगरपालिका-८, करादीस्थित भित्री सडकखण्डमा बोलेरो दुर्घटना हुँदा दुई यात्रुको मृत्यु भएको छ भने १० यात्रु घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका अनुसार, सोमबार साँझ गल्याङबाट गल्याङ नगरपालिका-९, साङलियातर्फ जाँदै गरेको ग १ ज ६५३४ नम्बरको बोलेरो दुर्घटना भएको हो।

उकालो घुम्तीमा चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा दुई यात्रुको घटनास्थलमै मृत्यु भएको हो।

त्यस्तै, चालकसहित १० यात्रु घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

बोलेरोमा कति जना सवार थिए भन्ने यकीन हुन बाँकी छ। मृतक र घाइतेको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->